सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भैरहवाका स्पा सेन्टरमा प्रहरीको अनुगमन, १५ जना नियन्त्रणमा

बिहीबार, ०७ पुस २०७९, ०६ : ४१
बिहीबार, ०७ पुस २०७९

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरमा अनुगमन गरेको छ । स्पा सेन्टरको नाममा अनैतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोड स्थित हनि स्पा एण्ड सैलुन र बैंक रोडस्थित युनिक स्पा एण्ड सैलुनमा अनुगमन गरेको हो । 

अनुगमनको क्रममा प्रहरीले शंकास्पद क्रियाकलापमा संलग्न रहेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ । स्पा सेन्टरमा मापदण्ड विपरितका काम भइरहेको गुनासाका आधारमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । 

अनुगमनको क्रममा युनिकबाट ३ महिला र ३ पुरुष गरी ६ जना  र हनिबाट ४ पुरुष र ५ महिला गरी ९ जनालाई नियन्त्रणमा लिइएको हो । 
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप