आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच इलेक्ट्रिक भेहिकल खरिदमा सर्वसुलभ कर्जा दिने सम्झौता

बिहीबार, ०७ पुस २०७९, ०७ : ५३
बिहीबार, ०७ पुस २०७९

प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग​ प्रालिबीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्ग​ प्रालिका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रभु बैंक र सिप्रदी ट्रेडिङ्ग​बीच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदी टे«डिङ्गबाट ग्राहक महानुभावहरुले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । 

हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप