सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

बिहीबार, ०७ पुस २०७९, ०९ : ४१
बिहीबार, ०७ पुस २०७९

इलाका  प्रहरी कार्यालय धुलाबारीले प्रतिबन्धित लागूऔषधसहित जनालाई पक्राउ गरेको छ । 

हिजो साँझ ६ बजेको झापा मेचिनगर नगरपालिका १० कनिष्का धर्मकाटा स्थितबाट इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले  भारतको दार्जीलिङ कवलाजोत बस्ने २३ वर्षका सारदिन महमदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४५ ग्राम फेला परेकोले नियन्त्रणमा लिएको हो । 

महमदलाई  इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान सुरु गरिएको  सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप