प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ, तस्बिरमा हेरौं
बिहीबार, ०७ पुस २०७९, १४ : ०६
प्रतिनिधिसभामा नव निर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार नव निर्वाचित सदस्यहरूलाई जेष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ ग्रहण गराएका हुन् ।
नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । तस्बिर : कृष्ण खड्का/सुवास श्रेष्ठ/रातोपाटी