पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 'डेमो उडान' सफल (तस्बिरहरु)
बिहीबार, ०७ पुस २०७९, १५ : ४१
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान सफल भएको छ । बिहीबार दिउँसो यति र बुद्ध एयरलाइन्सले डेमो उडान गरेका हुन् ।
दुवै कम्पनिका विमान पुरानो पोखरा विमानस्थलबाट उडेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पुस १७ अथात् १ जनवरी २०२३ देखि आन्तरिक उडान समेत हुँदैछ । उडानको तयारीका लागि डेमो उडान गरिएको हो ।