सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्राउन सुगरसहित कपिलवस्तुमा एक युवक पक्राउ

शुक्रबार, ०८ पुस २०७९, ०९ : ४२
शुक्रबार, ०८ पुस २०७९

लागु औषध ब्राउन सुगरसहित एक युवक कपिलवस्तुबाट पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकाबाट सोही पालिका वडा नम्बर १२ मानपुर बस्ने २२ वर्षीय दुर्गाप्रसाद खटिक पक्राउ परेका हुन । 

खटिकलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । चेकजाँचको क्रममा खटिकको साथबाट लागु औषध ब्राउन सुगर खैरो हिरोईन जस्तो देखिने ४५ ग्राम लागु औषध बरामद गरिएको छ ।

कृष्णनगर नगरपालिका वडा न १२ हरिगवा स्थित लु ७६ प ३६८३ नम्बरको मोटरसाइकलमा सवार खटिकलाई प्रहरीले चेकजाँचको क्रममा गरेको हो । उनलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप