आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६० सांसद रहेको गण्डकी प्रदेशमा २२ सांसद  दुई जिल्लाका

शुक्रबार, ०८ पुस २०७९, १० : ०१
शुक्रबार, ०८ पुस २०७९

गण्डकी प्रदेश सभामा ६० सांसद रहन्छन् । संविधान अनुसार ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक सांसद रहने व्यवस्था छ । यहाँका ११ जिल्लामध्ये कास्कीमा मात्रै ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छ भने ५ जिल्लामा २ क्षेत्र र बाँकी ५ जिल्लामा ४ निर्वाचन क्षेत्र तोकिएको छ । सोही अनुसार सांसदहरु निर्वाचित भएर आइसकेका छन् । 

अघिल्लो प्रदेश सभामा कास्कीबाट मात्रै १३ जना सांसद थिए । ६ प्रत्यक्ष र ७ समानुपातिक सांसद निर्वाचित भएका थिए । अहिले पनि अधिकांश सांसद २ जिल्लामा मात्रै सीमित भएका छन् । केही जिल्लामा समानुपातिक सांसद शून्य छन् भने २ जिल्लाबाट मात्रै अधिक सांसद भएका छन् ।

 अन्तिम नतिजा अनुसार कास्की र बागलुङमा सर्वाधिक धेरै २२ सांसद छन् । दुवै जिल्लाबाट ११-११ सांसद चुनिएका हुन् । कास्कीमा एमालेका ८ सांसद छन् भने कांग्रेसका ३ सांसद छन् । बागलुङमा कांग्रेसका ६, एमालेका ४ र माओवादीका १ सांसद छन् । 

समानुपातिक तर्फ एमालेले १० सिट मध्ये कास्की र बागलुङबाट मात्रै ८ सांसद बनाएको थियो । एमालेबाट समानुपातिक तर्फ ६ जिल्लामा सांसद निल छ । मनाङबाट २, मुस्ताङबाट २, गोरखाबाट ५, लमजुङबाट ५, तनहुँबाट ४ सांसद छन् । यस्तै, स्याङजाबाट ८, पर्वतबाट ३, नवलपुरबाट ६ र म्याग्दीबाट ३ सांसद चुनिएका छन् । 

समानुपातिक तर्फ मनाङ, मुस्ताङ र तनहुँ निल भएको छ । कुनैपनि दलले यि जिल्लामा समानुपातिक सांसद बनाएका छैनन् । गण्डकीमा २७ सिटसहित कांग्रेस पहिलो दल बन्दा २२ सिटसहित एमाले दोश्रो, ८ सिटसहित माओवादी तेस्रो, २ सीटको राप्रपा चौंथो र १ सीटको एकीकृत समाजवादी पाँचौ शक्ति बनेको छ ।  
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप