सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘यही कुरा साँचो हो’ मा खुश्बु र प्रिन्सको रोमान्टिक अवतार

शुक्रबार, ०८ पुस २०७९, ११ : १७
शुक्रबार, ०८ पुस २०७९

‘रातो टिका निधार’ पछि अभिनेत्री खुश्बु खड्कालाई दर्शकले फिल्मी पर्दामा देख्न पाएका छैनन् । यद्यपि, उनी कला क्षेत्रबाट हराएकी भने होइनन् । फिल्म नभए पनि म्युजिक भिडियो र विज्ञापन चलचित्रको माध्यमबाट उनी कला क्षेत्रमा छाइ नै रहेकी छन् ।

यस्तैमा अभिनेत्री खुश्बु खड्का अभिनित म्युजिक भिडियो ‘यही कुरा साँचो हो’ सार्वजनिक भएको छ । भिडियोमा खुश्बुको जोडी प्रिन्स विश्वकर्मा बनेका छन् । खुश्बु र प्रिन्सको भिडियो रोमान्स सुहाउँदो छ ।

रवि ओड र अस्मिता परियारको स्वर रहेको गीतका शब्द माधव तिम्सिनाले कोरेका हुन् भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीले गरेका छन् । ‘गीत झैँ भिडियो राम्रो बनाउने कोशिश गरेका छौँ । गीतको भावअनुसार भिडियोमा प्रस्तुत भएकी हुँ’, अभिनेत्री खड्काले भनिन् ।

भिडियोमा रामकुमार केसीको छायाङ्कन, राजीव समरको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन र दशरथ सुनारको निर्देशन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप