सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली वाङ्‍मय साधना सम्मान समालोचक गिरी र पौडेललाई

शुक्रबार, ०८ पुस २०७९, १५ : ०३
शुक्रबार, ०८ पुस २०७९

नेपाल वाङ्‍मय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाली वाङ्‍मय साधना सम्मान २०७८ का लागि कवि तथा समालोचक डा अमर गिरी एवं २०७९ का लागि समालोचक प्राडा हेमनाथ पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
परिषदका अध्यक्ष डा पुष्करराज भट्टका अनुसार यो सम्मानमा १० हजार नगद एवं सम्मानपत्र रहेको छ ।

यो सम्मान २०७७ का लागि कवि एवं कथाकार मातृका पोखरेललाई प्रदान गर्ने पहिल्यै निर्णय भइसकेको छ । कोरोनाका कारणले सो वर्षको पुरस्कार पनि दिइएको थिएन । यस सम्मानबाट हालसम्म मोहन दुवाल २०७२, प्राडा जीवेन्द्रदेव गिरी २०७३, हरिहर खनाल २०७४, राम विनय २०७५ एवं श्रेष्ठ प्रिया पत्थर २०७६ सम्मानित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप