सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनिल गिरीको गीत ‘जुम्ला’मा टिकटकर ‘मिस पवि’ र रोशनको अभिनय

शुक्रबार, ०८ पुस २०७९, २० : १२
शुक्रबार, ०८ पुस २०७९

 चर्चित गायक सुनिल गिरीको नयाँ  गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा  एक  कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।  

सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पवि र  रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् ।​ संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन्  । भिडियोमा अभिनय गरेकी मोडल मिस पवि अर्थात पवित्रा साकी  डडेलधुराको स्थानीय भाषा बोलेर नै टिकटकमा चर्चित छिन्।  

गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्।  जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई विवेक बिकले खिचेका हुन्। भिडियो गायक गिरीको अफिसियल च्याननलबाट बजारमा ल्याइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप