सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गजल : जिन्दगी

शनिबार, ०९ पुस २०७९, ०७ : १४
शनिबार, ०९ पुस २०७९

सम्झेर ल्याउँदा कहिलेकाहीँ दिक्दार लाग्छ जिन्दगी 
नजिक सोचेर के गर्नु आफैबाट टाढा भाग्छ जिन्दगी ।
थाहा छ जीवन सुख दुःखको गहिरो गहिरो सागर हो,
किन सधैँ परीक्षा मात्र लिएर यहाँ जाँच्छ जिन्दगी ?
आवश्यकता अनि अभावको मात्रै भुमरी छ जताततै,
अहो, विडम्बना थोरै दिएर धेरै धेरै माग्छ जिन्दगी ।
अचानुको पिर खुकुरीले जान्दैन भन्थे, साँच्चै रहेछ,
माथि बसेर अरूको मर्म रेटेर किन, नाग्छ जिन्दगी ।
निराशाले जताततै कसैको कालो बादल छाइ दिंदा,
अलिकति भए पनि हौसला दिदा यहाँ जाग्छ जिन्दगी ।
सुन्दरहरैँचा, मोरङ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप