सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कविता : तिम्रो जन्मदिनमा

शनिबार, ०९ पुस २०७९, ०९ : ५१
शनिबार, ०९ पुस २०७९

के दिऊँ उपहार भन तिमीलाई 
तिम्रो आज जनम दिन हो 
चढाउँछु अश्रु नयनभरीको
नमन गर्छु हृदय भरीको ।

बन्द आँखाबाट ध्यान  गरायौ
ध्यानभित्रै जगत देखायौ 
ध्यान र प्रेमको पाठ पढाइ
एक्लै मस्त हुने बानी बसाल्यौ ।
  
दूर जगतको परिचय गरायौ 
साक्षी भावले हेर्न सिकायौ
बाहिर हेर्ने नजरलाई 
आफूभित्रै स्थिर गरायौ ।

ज्ञानको ज्योति छर्न सिकायौ
एकान्तमा रम्ने बनायौ
जनम दिन भन कसरी मनाऊँ ?
ऋण यो तिम्रो कसरी चुकाऊँ ?
                    भक्तपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप