सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२०७९ सालको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई

शनिबार, ०९ पुस २०७९, १६ : ५३
शनिबार, ०९ पुस २०७९

भैरव पुरस्कार गुठीले साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित तीनवटा पुरस्कार वितरण गरेको छ । अर्यालको ८७ औं जन्मजयन्तीको अवसरमा गुठीले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो ।  
जसअनुसार २०७९ सालको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । १ लाख १ हजार १ सय ११ रुपैयाँ  राशीको भैरव वाङ्‍मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिएको छ भने भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ ।  प्रतिभा पुरस्कारको राशी ५१ हजार १ सय ११ रुपैयाँ  रहेको छ ।

गुठीका अध्यक्ष समेत रहेका वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले पुरस्कारहरू वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा साहित्यकारहरू विजय चालिसे, प्राध्यापक डा.सुषमा आचार्य, गोविन्द घिमिरे, वसन्त रिजाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतले भैरव अर्यालको साहित्यिक योगदान बारे चर्चा गरेका थिए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप