सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘बिरामी र बिरामीको आफन्तको विश्वास जित्ने काम चिकित्सकको हो’

आइतबार, १० पुस २०७९, १० : ३६
आइतबार, १० पुस २०७९

हामीले कसैको जीवनमा केही न केही सकारात्मक प्रभाव पार्न सक्छौँ । कहिले काहीँ असन्तुष्ट पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौँ बिरामीहरूको हँसिलो अनुहार देख्न पाउँदा काम गर्ने ऊर्जा मिल्छ । यो भाग्यको कुरा पनि हो । 

संस्कृतिमा मेरो असाध्यै राम्रो थियो । भाषामा मात्रै दक्खल थियो होला त्यो बेला । आख्यानमा म कमजोर नै थिएँ । साइन्स वायोलोजीमा राम्रो भएकोले म त्यतातिर लागे । पुस्तकमा त्यस्तो फूलबुट्टा भरिएको छैन, मलाई जस्ताको जस्तै प्रस्तुत गरिएको छ । 

एउटा पुस्तक २५ हजार मूल्यमा बिक्री गरेर सात प्रदेशमा विशिष्टीकृत बाल अस्पताल खोल्न सम्भव देख्नुहुन्छ ? 

यो सम्भव छैन भन्ने कुरामा क्लियर छु, त्यो अपेक्षा पनि राखेको छैन । देशका लागि चाहिएको विषय हो । यसको महत्त्वपूर्ण स्टेप चाहिँ यो हुन सक्छ । नलेजलाई प्रयोग गरेको हो । यसको लागि प्रकाशकले फ्रिमा पुस्तक छापिदिनु भयो । मैले रोयल्टी नलिने गरी पुस्तक छापिदिनु भयो । 

सरकारले यस्ता खालका अस्पताल खोल्न सकेको छैन । तर तपाईंले यो उमेर आएर यो जोखिम किन मोल्न खोजेको ? 

बाल अस्पताल सरकारको योजनामा नै पर्छ । यो सबैले मिलेर  गर्ने काम हो । यसमा हामी सबैले मिलेर काम गर्न चाहन्छौँ । अस्पतालको मोडल पनि सरकार र गैरसरकारी क्षेत्रबाट हुने हो । यसलाई सरकारले गर्न नसकेको पनि नभनौँ । 

२०/२२ वर्षअघि गङ्गालाल अस्पतालमा कार्यकारी निर्देशकको रूपमा भर्खर नियुक्ति भएको थिएँ । त्यस बेलाको स्वास्थ्य मन्त्रीले देशमा मुटुको रोग नै छैन । मुटुको अस्पताल किन चाहियो भनेका थिए । अहिले मुटु अस्पतालको अस्पताल ‘भ्यालु’ साबित भयो । 

त्यसैले महसुसलाई गाइड गर्दिने काम पनि विज्ञहरूको कै हो । यसमा हामी सबै जिम्मेवारी हुनु पर्छ । यसमा कुनै अन्यथा लिनु पर्दैन । यो ‘मोडल’ बाट गयो भने दीर्घकालीन रूपमा योगदान दिन सकिन्छ भनेर यो योजना बनाएको हो । यसमा प्रदेश सरकार र स्थानीय सरकार हुन्छ । तर यसको नेतृत्व गर्ने काम गैरसरकारी क्षेत्रले गर्न खोजेको हो । त्यसैले यसलाई सरकारसँग सहकार्य गर्ने रूपमा लिएको छु । 

स्थानीय सरकारको कुरा गर्दा पोखरा महानगरसँग पनि सम्झौता भएको जस्तो लाग्छ । पहिलो विशिष्टीकृत बाल अस्पताल चाहिँ पोखरामै बन्ने हो कि भन्ने आशा पनि गरिएको छ नि । 

मेरो पोखरासँग पुर्खौली नाता कतिपयलाई थाहा पनि छैन होला । मेरा पुस्ता पोखराबाट पाल्पा गएका रहेछन् । त्यस कारण मेरो पोखरासँग आत्मीय सम्बन्ध छ । काठमाडौँ भन्दा पहिले यही अस्पतालको खोल्ने योजना बनाएका थियौँ । भेनु खाली नभएकोले काम अलि ढिला भयो । 

मुटु रोग लाग्यो भने मान्छे  गङ्गालाल जान्छन् । यो अस्पतालले जुन विश्वसनीयता हासिल गर्‍यो । सर्वसाधारण नेपालीहरूले उपचार गर्न मिल्ने नमुना बन्यो । यसको कुन फ्याक्टरले गर्दा सफल भयो ? 

यसको सम्पूर्ण जस मलाई मात्रै दिन मिल्दैन । यसको धेरै फ्याक्टरहरू छन् । लिडरसिप नै यसको लागि बढी महत्त्वपूर्ण हुन्छ । देशको स्तर हेर्दा, राष्ट्रिय स्तरको संघसंस्थाको रूपमा हेर्दा पनि लिडरसीपबाट धेरै कुराहरू गाइड हुन सक्छन् ।  चाहानाले मात्रै पुग्दैन । इमानदारिताको साथ कुनै काम गर्छु भनेर दृढता गर्‍यो भने धेरै कुरा मिलेर आउने रहेछ । 

अस्पतालले कुनै भौतिक सामान पनि व्यवस्था गर्नु पर्छ । मूलभूत रूपमा अस्पताल बिरामी र बिरामीको आफन्तहरू प्रति कति संवेदनशील छन् भन्ने कुराको अनुभूति बिरामीलाई भयो भने वा बिरामीका मान्छेहरूलाई भयो भने आक्रामक हुँदैनन् । बिरामी र बिरामीको आफन्तको विश्वास जित्ने काम चिकित्सकको हो । तर कतिपय अवस्थामा सामना पनि गर्नु पर्छ । सबै भन्दाबढी जोखिम त मुटु र कार्डियोमा हुन्छ । हृदयाघात भएर पनि बिरामीको मृत्यु हुन्छ । सबै ठाउँमा मिल्दैन, यस्तोमा म आफै पनि फसेको छु । 

अपरेसन पछि कतिपय अवस्थामा मृत्यु हुनसक्छ । ती सबै घटना दुर्घटना भने हुँदैन । तर बिरामीप्रति कमिटेड हुने, बिरामीलाई दिलो ज्यान दिने बिरामीका आफन्तले देख्नु पर्छ कि सबै जना खटिरहेका छन् भनेर अनुभूत हुनुपर्छ । कतिपय अवस्थामा गर्दा गर्दै पनि हुँदैन । विज्ञानले पनि शतप्रतिशत दिन सक्दैन । बिरामीका परिवारले चिकित्सकले इमानदार भएर काम गरेका छन् भन्ने भयो भने यस्ता घटनाहरू न्यूनीकरण हुन्छ । 

यसमा धेरै जिम्मेवारी हाम्रो छ । जनता पनि चेतनशील हुनुपर्छ । अनावश्यक भौतिक होहल्लाले जनतालाई हानी पुग्छ । दुवैको जिम्मेवारी एउटै हो भनेर बुझेर गयो भने फाइदा हुन्छ । 

आफैमा संवेदना हुँदैन, यो सत्य हो । संवेदना ब्रेनको टिप एरियामा हुन्छ । त्यहीबाट एक्सप्रेस भएर मुटुलाई ड्राइभ हुने हो । 

प्रत्येक पटक मुटुलाई खोलेर हेर्दा वा अप्रेसन गरेर ठिक बनाएर फेरि चालु गर्दा अझै पनि एक्साइटमेन्ट आउँछ । मुटुमा एक हिसाबको विशेषता चाहिँ छ । अरू मांसपेशी भए पनि अरू जस्तो होइन । यसको रिदम हुन्छ । मुटुको बनाउँदा युनिक फिचर मुटुलाई दिएको छ । त्यसैले प्रत्येक मटुलाई ठिक गर्दा छुट्टै एक्साइटमेन्ट हुन्छ । अर्को चुनौती पनि छ । यस अर्थमा हेर्दा धेरै संवेदना भएको महसुस हुन्छ ।  

अस्पतालमा गम्भीर प्रकृतिको रोगले बिरामी भएर आउँदा बिरामीको इमोसन र बिरामीको आफन्तहरूको इमोसन । आत्तिएका हुन्छन् । त्यसमा डाक्टरहरूले विचार पुर्‍याएन कठिन हुन्छ । रोगको र मानसिक रूपमा पनि उपचार गर्नु पर्ने हुन्छ । चिकित्सकले रोगको मात्रै उपचार गर्ने होइन । बिरामी र समग्र रूपलाई हेर्ने हो । पहिले बिरामीको आफन्तको इमोसनलाई सम्बोधन गर्न सकियो भने समाधान हुन्छ । 

अस्पताल सुध्रँदै गयो घरचाहिँ बिग्रँदै गयो भन्ने प्रसङ्ग पनि आयो । कसरी मिलाएर अघि बढ्नु पर्ने रहेछ । 

आर्थिक हिसाबले गाह्रो हुँदै गएको थियो । सरकारी अस्पतालमा समर्पित भएर काम गर्दा घर चलाउने मामला निकै गाह्रो भएको थियो । त्यो बाहेक अरू सबै ठिक छ ।  स्वास्थ्य क्षेत्रको सङ्घसंस्थालाई विकास गर्न राजनीतिक नेताहरूले सहयोग गरिदिनु पर्‍यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप