सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘डिसेम्बर फल्स’को गीतमा आर्यन र उपासनाको रोमान्टिक अवतार

आइतबार, १० पुस २०७९, ११ : ३४
आइतबार, १० पुस २०७९

आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘डिसेम्बर फल्स’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो के भयो ?’ बोलको सार्वजनिक गीतमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी रोमान्टिक अवतारमा देखिएका छन् । 
अस्मिता अधिकारी र मनिष ढकालको स्वर रहेको गीतमा सुशान्त गौतम र अनिल शर्माको शब्द र गौतम स्वयंको संगीत छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

रामप्रसाद रिजालले निर्माण गरेको फिल्ममा सुमन थापा, शिशिर राणा, गीता अधिकारी, नागेन्द्र रिजाल, जयना कुँवर, सुमन थापा, सुमिन गुरुङ, किशन सुनुवार लगायतको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालका साथै राजकुमार भट्ट रहेका छन् ।

नेपाली मुलका भारतीय निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले वितरणको गर्दैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप