सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेलिना र बिन्तीकुमारको ‘अमिलो कागती’ मा उषा

सोमबार, ११ पुस २०७९, ११ : ०३
सोमबार, ११ पुस २०७९

गायिका मेलिना राई र गायक बिन्ती कुमार गुरूङको स्वर रहेको नयाँ गीत ‘अमिलो कागती’ सार्वजनिक भएको छ । गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा मोडल उषा उप्रेती र मनोज गुरुङको अभिनय छ । एक प्रेमिल जोडीको प्रेम र रोमान्सका भिडियोमा देखाउन खोजिएको छ ।  बुद्ध थापाको छायांकन तथा विष्णु खड्काको सम्पादन रहेको भिडियोमा रायन कार्कीले निर्देशन गरेका हुन् । गायक बिन्ती कुमारको यस अगाडि ‘होई मेरो संसार’, ‘चु सैं ङल’ लगायतका गीतबाट चर्चा कमाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप