सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गायक प्रमोद खरेलले ल्याए ‘जसको दिलमा’

सोमबार, ११ पुस २०७९, ११ : १५
सोमबार, ११ पुस २०७९

लोकप्रिय गायक प्रमोद खरेलले ‘जसको दिलमा’  बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।  सुनील बिसीको शब्द सृजना तथा संगीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको एक जोडीको विरहको प्रेम गाथालाई देखाइएको छ । माया, प्रेम, रोमान्स र विरहले भरिएको जसको दिलमा त्रिकोणत्मक प्रेम कथामा आधारित छ ।

जसमा दिनेश कठायत काजी, मनिषा गिरी र प्रकाश खड्काको अभिनय देख्न सकिन्छ । निर्देशक बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर रहेको छ भने प्रकाश खड्काको छायांकन रहेको छ । 

सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटुन्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो । भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो । -न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप