सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘इन्डियन आइडल’ को मञ्चबाटै प्रतियोगी सेन्जुतीले गरिन् शो छोड्ने घोषणा

सोमबार, ११ पुस २०७९, १३ : ४२
सोमबार, ११ पुस २०७९

भारतीय टेलिभिजन उद्योगको सबैभन्दा लोकप्रिय गायन रियालटी शो हो ‘इन्डियन आइडल’ । सोनी टिभीबाट प्रसारण हुने उक्त शो को अहिले १३ औं सिजन चलिरहेको छ । कहिले प्रतियोगीका कारण, त कहिले निर्णायकको कारण निकै चर्चामा रहँदै आएको यो शो अहिले फाइनलतर्फ अगाडि बढिरहेको छ ।

शो का शीर्ष १० प्रतियोगी आजकल इन्टरनेटमा छाइरहेका छन् । उनीहरूको हरेक साना कुरा सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेका छन् । तर, शनिबार शो को सेटमा एउटा यस्तो घटना घट्यो, जसले सबैलाई स्तब्ध बनाएको छ । शो मा ‘इन्डियन आइडल १३’ को शीर्ष १० प्रतियोगी मध्येकी एक सेन्जुती दासले प्रतियोगिता छोड्ने घोषणा गरेकी छन् ।

सेन्जुतीले आफ्नो व्यक्तिगत कारण देखाएर शो छोड्ने घोषणा गरेकी हुन् । जुन सुन्दा सबैलाई अचम्म लाग्छ । उनले बुबाको स्वास्थ्यबाट चिन्तित भएर उनको हेरचाहका कारण आफुले शो छोड्ने निर्णय गरेको बताएकी थिइन् ।
कार्यक्रमको स्टेजमा पुगेपछि सेन्जुतीले निर्णायकको अगाडि भनिन्, ‘इन्डियन आइडलमा प्रवेश गरेदेखि नै धेरै माया पाएकी छु । म भगवान र मेरा आमाबाबु प्रति धेरै आभारी छु कि मैले यस्तो ठूलो अवसर पाएको छु । तर म यहाँ भएकोले आमाबुवा प्रतिको कर्तव्य पूरा गर्न सकिनँ । बुबाको उपचार भइरहेको छ । आज पनि उहाँ कोलकाताको अस्पतालमा हुनुहुन्छ र मेरी आमाले उहाँलाई लिएर जानुभएको छ । उनको आँखाको उपचार भइरहेको छ । उहाँलाई स्ट्रोक हुनुअघि ग्लुकोमा भएको थियो । म अहिले उसको साथमा हुनुपर्छ, मेरो अनुपस्थितिले मलाई धेरै सताइरहेको छ ।’

सेन्जुतीले अगाडि भनेकी थिइन्, ‘मेरो घरमा सबै सामान्य छैन । मेरी जेठी काकीको पनि यसै वर्ष निधन भयो । म मुम्बईमा भएकोले त्यहाँ जान सकिनँ । घरमा सबैलाई नराम्रो लाग्यो । म मेरा आमाबुवासँग बस्न सक्दिन । आमाले सबै काम एक्लै गरिरहनुभएको छ । म कसरी भन्न सक्छु । तर म यो शो छोड्न चाहन्छु । सेन्जुतीको यो कुरा सुनेर सबै स्तब्ध भएका थिए र सेटमा सन्नाटा छाएको थियो ।’

सेन्जुतीको यो निर्णय सुनेर विशाल ददलानीले एकदमै स्तब्ध भएर भने, ‘तिमी यस्तो स्टेजमा छौ, जहाँ सारा संसारले चाहेको यस्तो पहिचान पाइरहेको छ । तिमीले छाडेर जान्छौ भनी म बुझ्छु तिमीलाई कति दबाब पर्छ । तिम्रो आवश्यकता परेको बेला आमा बुवाको साथ नहुँदा बिछोडको पीडा बुझ्न सक्छु ।’

विशालले सेन्जुतीलाई आमाबुबा मुम्बईमा ल्याउन अनुरोध गर्दै आफुहरु मद्दत गर्न तयार रहेको समेत बताएका छन् ।   विशालले अगाडि भनेका छन्, ‘हामी तपाईं जस्तो प्रतिभा गुमाउन चाहँदैनौं । बुबाआमालाई मुम्बई आउन तयार गर्नुस्, टिकट मिलाइदिन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप