सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निमोकोकल खोपको बालबालिकामा देखिएका प्रभावबारे गरिएको अध्ययनको नतिजा सार्वजनिक

सोमबार, ११ पुस २०७९, १४ : १७
सोमबार, ११ पुस २०७९

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल अनुसन्धान इकाईले निमोकोकल खोप (पीसीभी१०) राष्ट्रिय खोप कार्यक्रममा समावेश गरे पश्चात् बालबालिकामा देखिएका प्रभावबारे गरेको ६ वर्ष लामो अध्ययन अध्ययनको नजिता सार्वजनिक गरिएको छ । गत ललितपुर महानगरपालिका प्रमुख, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा स्वास्थ्य सेवा विभागका महानिर्देशकको समुपस्थितिमा पुस ९ गते गाभीको आर्थिक अनुदानमा गरिएको सो अध्ययनको अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा अध्ययनका प्रमुख अनुसन्धानकर्ता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रा.डा.सिर्जना श्रेष्ठले अध्ययनका मुख्य नतिजाहरू प्रस्तुत गरेकी थिइन् । राष्ट्रिय खोप कार्यक्रममा निमोकोकल खोप समावेश गरिएपछि, दुई वर्ष मूनिका बालबालिकाहरुमा निमोकोकस व्याक्टेरिले गराउने कडा खालका रोगहरू जस्तै निमोनिया, मेनिन्जाइटिस, सेप्सिस आदि घटेको देखियो भने निमोनिया भएका बालबालिकाहरुमा व्याक्टेरियाबाट हुने खालको निमोनिया पनि घटेको देखियो । त्यस्तै बालबालिकाको नाकको पछाडिको भागमा सामान्यतया भेटिने निमोकोकसमा पीसीभी१० मा समावेश भएका प्रजाति (सेरो टाइप) घटेको पाइयो र तुलनात्मक रूपमा २ वर्षमुनिका बालबालिकामा यो अत्यधिक मात्रामा घटेको देखियो । खोपको सुरुवात पछि खोपमा समेटिएको प्रजातिहरू तथा अन्य प्रजातिका सङ्क्रमण दर के कस्तो अवस्थामा रहन्छ भनी मूल्याङ्कन गर्न सर्वेक्षण अध्ययन जारी राख्न जरुरी भएको निष्कर्ष निकालिएको थियो ।

उक्त कार्यक्रममा परिवार कल्याण महाशाखा , खोप शाखा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय खोप सल्लाहकार समिति, ए.ई.एफ.आई.कमिटी, नेपाल बालरोग समाजका प्रतिनिधिहरू, ललितपुर महानगरपालिका प्रतिनिधिहरू, ललितपुर जिल्लाका जनप्रतिनिधिहरू, ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख लगायत जनस्वास्थ्य इकाईका प्रतिनिधिहरू, अक्सफोड भ्याक्सिन  इकाई अक्सफोर्ड विश्वविद्यालयका प्रतिनिधि,  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी, चिकित्सक तथा कर्मचारीहरूसमेतको उपस्थिति रहेको  थियो । त्यस्तै अनलाइन मार्फत, अक्सफोर्ड विश्वविद्यालय, अक्सफोर्ड भ्याक्सिन  इकाईका निर्देशक तथा यस अध्ययनका मुख्य अनुसन्धानकर्ता प्रा.सर एन्ड्रयू पोलार्ड पनि जोडिएका थिए ।

  अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा बाल अनुसन्धान इकाईले विगत १८ वर्षदेखि बालबालिकामा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू का बारेमा विभिन्न अनुसन्धानात्मक अध्ययनहरू गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप