आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्सनलको लय कायमै

मङ्गलबार, १२ पुस २०७९, ०७ : २७
मङ्गलबार, १२ पुस २०७९

स्टार खेलाडी गाब्रियल जेसुस घाइते भएपनि बुकायो साका र एडी एनकेटीयको उत्कृष्ट प्रदर्शनमा माइकल अर्टेटाको आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता बनाएको छ । 

बक्सिङ डे अर्थात सोमबार राति भएको खेलमा आर्सनलले पुनरागमन गर्दै वेस्टहाम युनाइटेडलाई ३–१ ले हरायो । खेलको २७ औं मिनेटमा साइड बेन्राहमाले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोली वेस्टहामलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा घरेलु टोली आर्सनलले खेलमा पुनरागमन ग(यो । मार्टिन ओडेगार्डको पासमा बुकायो साकाले बराबरी गोल गरेका थिए । ग्रानिट छाकाले मिलाएको बललाई गाब्रियल मार्टिनेलीले गोल गर्दै २–१ को स्थितिमा ल्याएका हुन् । इडवार्ड एनकेटियले ६९औं मिनेटमा गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए । 

जितपछि आर्सनलले १५ खेलबाट ४० अंक जोडेको छ । दोस्रो स्थानका न्युक्यासल युनाइटेडको ३३ अंक छ । म्यानचेस्टर सिटीको भन्दा सात अंक फरक हो । सिटीले बुधबार लिड्स युनाइटेडसँग खेल्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप