आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लेस्टर सिटीलाई हराउँदै न्युक्यासल दोस्रो स्थानमा उक्लियो

मङ्गलबार, १२ पुस २०७९, ०८ : २०
मङ्गलबार, १२ पुस २०७९

लेस्टर सिटीलाई ३–० ले पराजित गर्दै न्युक्यासल युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति पहिलो हाफमा गरेको तीन गोल नै न्युक्यासललाई जितको आधार बन्यो । 

जितपछि न्युक्यासल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष दुईमा उक्लिएको हो । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ अंक सहित तेस्रो स्थानमा झरेको छ । ४० अंकको आर्सनल शीर्षस्थानमा छ । पराजित लेस्टर समान खेलबाट १७ अंक सहित १३ औं स्थानमा रह्यो ।

विश्वकप पछि समेत न्युक्यासल पुरानै लयमा फर्किएको छ । प्रिमियर लिगमा न्युक्यासलको अपराजित यात्रा छैटौ खेलमा पुगेको छ । १० वर्ष अघि एलान वार्डेवको प्रशिक्षणमा न्युक्यासलले पाँचौ स्थानमा लिग टुंगाएको थियो । यस वर्षमात्रै २१ खेल जितेको थियो । सन् १९९५ मा न्युक्सासलले २३ खेल जितेको थियो । सन् १९९५–९६ मा दोस्रो भयो । 

किङ पावर मैदानमा भ्रमणकारी टोली न्युक्यासलले सुरुवाती अग्रता बनाउन सफल भयो । क्रिस वूडले पाएको पेनाल्टी सदुपयोग गर्दै तेस्रो मिनेटमा गोल गरे । सातौंं मिनेटमा म्यागुएल एलमोरोनले दोस्रो गोल थपे । ३२औं मिनेटमा जोइलिन्टोनले तेस्रो गोल गरेका थिए । 

सोमबार रातिका अन्य खेलमा ब्राइटनले साउथह्याम्पटनलाई ३–१, उल्भ्सले एभर्टनलाई २–१ र फुलहमले क्रिस्टल प्यालेसलाई ३–० ले हरायो । ब्रेन्टफोर्ड र टोटनहमले २–२ गोलको बराबरी खेलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप