सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गायक राजु लामाको गीत 'गोरी न गोरी' सार्वजनिक

मङ्गलबार, १२ पुस २०७९, १० : ३२
मङ्गलबार, १२ पुस २०७९

नेपाली गीत संगितको बजारमा चिर परिचित तथा पहिचान बोकेको नाम हो गायक राजु लामा ।  द भोइस अफ नेपालको जज भइ सकेपछि लामाको चर्चाले अझै  आकाश  छोएको छ । राजुले गाएका अधिकांश गीत हिट नम्बरमा पर्छन् । सुमधुर स्वरका धनी राजु लामाले गाएको “ गोरी न गोरी बोल “ को गीतको भिडियो हाल सार्वजनिक भएको छ ।  

केशु गुरुङले साथ दिएको उत्त युगल गीतमा संगीत र रचना उत्तम थापा मगरको रहेको छ । मनाङ्गको सुन्दर ठाउँहरूमा छायांकन  गरिएको यस भिडियोमा अनुश लामा ,पुर्णिमा थोक्कर लामाको अभिनय  रहेको छ । मिलन शंकर क्यामेरा मेन रहेको उत्त भिडियोलाई फराज अर्पनले सम्पादन गरेका छन् ।  ड्रोन अपरेटर  अबिनाश मानन्धर रहेको छन् । 

समिप इन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको यस गीतको भिडियोमा तामाङ शैलीको गीतलाई भिन्नै रूपले प्रस्तुति दिएर दर्शक स्रोता साँझ ल्याएको निर्देशक दिलिप समनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप