आरआर क्याम्पसमा खुकुरी हानेको आरोपमा ४ जना पक्राउ
बुधबार, १३ पुस २०७९, १० : ४८
प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् ।
क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अर्को समूहको बीचमा झडप भएको क्याम्पस इकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् ।
खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् ।