‘ओ जाम हिन...’ मा शिशिर र उषाको रोमान्स
बुधबार, १३ पुस २०७९, १८ : ४०
लोकप्रिय गायक तथा गीतकार कुशल बेलबासे र गायिका देबी घर्ती मगरको स्वर रहेको लोकदोहोरी गीत ‘ओ जाम हिन...’ रिलिज भएको छ । कुशल बेलबासेको शब्द संगीतमा रहेको उक्त गीतमा विश्वास नेपालको संगीत संयोजन छ ।
गीतको भिडियोमा सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । भिडियोमा शिशिर पौडेल र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायांकनमा रहेको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका हुन् ।