आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल

बिहीबार, १४ पुस २०७९, ०८ : ५३
बिहीबार, १४ पुस २०७९

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ । बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए । विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी थिएनन् । उनि अर्जेन्टिनामै रहेका छन् । 

६२औं मिनेटमा नेयमारले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेपछि १० खेलाडीमा सीमित भए पनि एमबाप्पेले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेपछि शीर्ष टोली पिएसजी जित निकाल्यो । 

नेयमारको पासमा मार्किन्होसले गोल गर्दै पिएसजीलाई १४औं मिनेटमा अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा मार्किन्होसले आत्मघाति गोल गरेपछि घरेलु मैदानमा पिएसजी बराबरीको स्थितिमा थियो । 

दश मिनेट थप गरिएको इन्जुरी समयको सातौं मिनेटमा प्राप्त पेनाल्टीलाई एमबाप्पेले सदुपयोग गरे । जितपछि पिएसजी १६ खेलको समाप्तीमा ४४ अंकका साथ शीर्ष स्थानमा अग्रता थप फराकिलो पारेको छ । दोस्रो स्थानको लेन्सले १५ खेलमा ३६ अंक जोडेको छ ।

१६ खेलमा ११ अंकमै सीमित स्ट्रासबर्ग भने पुछारबाट दोस्रो स्थानमा रहेर रेलिगेसनबाट बाच्न संघर्ष गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप