मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फोर्ड अन्तराष्ट्रिय इन्जिन अफ द एयरद्वारा सम्मानित

बिहीबार, १५ असार २०७४, १९ : ३२
बिहीबार, १५ असार २०७४

काठमाडौं – फोर्डको १.० ली इकोबुस्ट पेट्रोल इन्जिन अन्तराष्ट्रिय इन्जिन अफ द एयर २०१७ मा १.० ली भन्दा कम इन्जिन विधामा उत्कृष्ट घोषित भएको छ ।

फोर्डको किफायती, कम इन्धन प्रयोग हुने, दरिलो, शक्तिशाली इन्जिनको लािग सन् २०१२ मा प्रयोगमा आएदेखि यो १० औ अन्तराष्ट्रिय पुरस्कार हो ।

यसैलाई आत्मासाथ गर्दै फोर्डले २०१८ देखि १.०ली इको बुस्ट इन्जिनमा नविनतम सिलिण्डर डिएक्टिभेसन टेक्नोलोजी प्रयोग गरी कम ऋइद्द फाल्ने र कम इन्धन खपत गर्ने इन्जिन बजारीकरण गर्ने समेत जनाएको छ ।

जो बाकाज, भाइस प्रेसिडेन्ट, प्रडक्ट डेभलपमेन्ट, फोर्ड–युरोपका अनुसार यस १.० ली इकोबुस्ट इन्जिनको सानो, इन्धन किफायती इन्जिनमा एक नौलो आयाम ल्याएको जनाएको छ । इन्जिन प्रविधिमा एक नयाँ युगको शुरु भएको बताइएको छ । ‘१० उत्कृष्ट पुरस्कारबाट सम्मानित पश्चात पनि हामी हाम्रो ग्राहकवर्गलाई अझ उच्चतम प्रविधिको सुविधा तथा फाइदा प्रदान गर्नु इन्जिन इन्जिनियरिङ्गमा नयाँ नयाँ प्रविधिहरुको विकासमा लागि परेको कम्पनीको भनाइ छ ।

३१ विभिन्न देशबाट आएको ५८ अटो सम्बन्धि विज्ञ पत्रकारहरुको निर्णायक मण्डलले यस १.० ली इको बुष्ट इन्जिनलाई विजयी घोषित गरेको हो । सन् २०१२ को फोर्ड फोकसमा सर्वप्रथम प्रयोग भएको यस इन्जिन टेक्नोलोजीले यस विधामा आफ्नो दबदबा कायम राख्न सफल रहेको छ । यस १.० ली को विधामा यसपाली ३५ वटा इन्जिन प्रतिस्पर्धामा रहेको जनाएको छ ।

जर्मनीमा भएको उक्त प्रतियोगितामा डिन स्लाभिन्स को चियरमेन एण्ड इडिटर इन चिफ  इन्जिन टेक्नोलोजी  अन्तराष्ट्रिय म्यागेजिन ले १.० ली, ३ सिलिण्डर युक्त यस इन्जिन यस विधामा उत्कृष्ट हुनुका साथै हरेक वर्ष बिजेता घोषित हुनुमा यसको उच्चतम प्रविधि र किफायती विशेष रहेको बताइएको छ ।

सन् २०१८ देखि फोर्डले १.०ली इको बुस्ट इन्जिनमा सिलिण्डर डिएक्टिभेसन प्रविधिको प्रयोग गर्ने छ, जसको कारण इन्जिन पूर्णरुपको क्षमता प्रयोग नचाहिने बेला यसले आफ्नो सिलिण्डर अटोमेटिक बन्द गरी इन्धन बचाउन मदत गर्ने छ । यसले ग्राहकवर्गलाई किफायतीका साथ उच्चतम प्रविधिको फाइदा पनि हुनेछ । यो प्रविधिले एक सिलिण्डरको प्रयोग र बन्द मात्र १४ मिलि सेकेण्डमा गर्नेछ – जसले गर्दा सवारीमा कुनै फरक पर्ने छैन र आरामदायी किफायती पनि हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप