आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

शुक्रबार, १५ पुस २०७९, ०८ : ४१
शुक्रबार, १५ पुस २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । उनकी आमा हिराबेनको एक सय वर्षको उमेरमा निधन भएको हो । बुधवार, हीराबेनको स्वास्थ्य अवस्था बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनमा ट्विट गरेका छन्, ‘भगवानको चरणमा गौरवमय शताब्दी...। मैले सधैँ आमामा त्रिमूर्ति महसूस गरेको छु, जसमा एक तपस्वीको यात्रा, निःस्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताको मूर्त रूप । प्रतिबद्ध जीवन निहित छ ।’

सयौं जन्मदिनमा आफूलाई आमाले बुद्धिमानीपूर्वक काम गर्न र पवित्रताका साथ जीवन बिताउन भनेको आफूले अहिले स्मरण गरिरहेको मोदीले बताएका छन् । बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप