सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सङ्गीत, नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूको बिदाई

शुक्रबार, १५ पुस २०७९, १२ : ३१
शुक्रबार, १५ पुस २०७९

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरुको विहीवार विदाइ गरिएको छ । ४ वर्षे कार्यकाल पुरा भएपछि प्रज्ञा प्रतिष्ठान कर्मचारी सङ्घले औपचारिक रुपमै विदाई समारोहको आयोजना गरेको थियो । 
प्रतिष्ठानको कुलपति रायन, उपकुलपति हरिहर शर्मा, सदस्यसचिव श्याम तमोट थिए । त्यस्तै, प्राज्ञ परिषद सदस्यहरूमा मञ्जुल, हरिदेवी कोइराला, निशा शर्मा, धीरेन्द्र प्रेमर्षि, अशोक राई, नमूना शर्मा रहेका थिए । 

शास्त्रीय तथा परम्परागत सङ्गीत विभागका प्रमुख धीरेन्द्र प्रेमर्षि भन्छन्, ‘हाम्रो चार वर्षे कार्यकालमा प्रकृति, व्यक्ति र प्रणालीजन्य प्रतिकूलताहरूका बीच हामीले तीन चौथाई समयको समुचित सदुपयोग गर्न नपाए पनि जे जति गर्न सक्यौँ, त्यसले हामीलाई गौरवान्वित तुल्याएको छ ।’

यो टीमबाट प्रतिष्ठानको आफ्नो थलो स्थापित हुनु सबैभन्दा ठूलो उपलब्धि भएको जनाउँदै नेपाली कलाजगतका ध्रुवताराहरूसँग सहकार्य गर्ने अवसरले जीवनमा सधैँ ऊर्जाको सञ्चार गरिरहने प्रेमर्षिले बताए । 
२०७५ पुस १६ गते नियुक्त भएका प्राज्ञहरुको ल्होसार तथा शनिवार विदाको कारण दुइ दिन पहिल्यै विदाई गरिएको थियो । विदाई कार्यक्रम सङ्घका अध्यक्ष हिलारीवन्धु भुजेलको सभापतित्वमा भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप