सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राजधानीमा तमु ल्होसार रौनक (फोटोफिचर)

शुक्रबार, १५ पुस २०७९, १३ : ४६
शुक्रबार, १५ पुस २०७९

गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् । काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउने गरेका छन् । यो पटक पनि उनीहरूले टुँडिखेलमा भेला भएर यो पर्व मनाएका छन् ।

सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेताले  शुभकामना दिएका छन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप