आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बोत्स्वानाका पूर्व राष्ट्रपतिलाई पक्राउ पुर्जी जारी

शनिबार, १६ पुस २०७९, ०८ : ५०
शनिबार, १६ पुस २०७९

बोत्स्वानाको एक अदालतले पूर्वराष्ट्रपति इयान खामालाई अवैध हतियार राखेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । अदालतका एक न्यायाधीशले खामालाई  पक्राउ गर्न आदेश दिएका हुन् । ६९ वर्षीय खामा गत वर्ष देश छोडेर छिमेकी दक्षिण अफ्रिकामा बस्दै आएका छन् ।

उनले आरोप अस्वीकार गरेका छन्। आफूमाथि राजनीतिक षडयन्त्र भएको उनले बताएका छन् । आफ्नो कार्यकाल पूरा नगरी खामाले सन् २०१८ मा पद छोडेका थिए।

उनीमाथि सम्पत्ति शुद्धीकरण र चोरीको सम्पत्ति ह्यान्डल गरेको आरोपसहित १४ वटा मुद्दा चलिरहेको छ । जारी गरिएको पक्राउपूर्जी पाँचवटा अवैध हतियारको लागि मात्र हो । उनीमाथि गुप्तचर र प्रहरी सेवाका पूर्व प्रमुखहरूसँग संयुक्त रूपमा आरोप लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप