आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती गोल्डकप पुस २४ बाट

शनिबार, १६ पुस २०७९, १२ : १८
शनिबार, १६ पुस २०७९

आगामी पुस २४ गतेबाट बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करण पौस २४ गतेदेखि माघ ३ गतेसम्म हुने भएको हो ।

आयोजक समितिले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा एक विदेशी क्लबसहित १० टिमले सहभागिता रहने जानकारी दिएको हो । प्रतियोगितामा अमेरिकन क्लब भुटनिज युथ स्पोर्ट्स क्लबसहित ए डिभिजनका ७ वटा र मोफसलको २ वटा टिमको सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले बताए । प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्योइज क्लब, मकवानपुर-११ र जावलाखेल युथ क्लबको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ८ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही दश दश हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ७१ लाग खर्च हुने आयोजकको अनुमान छ । खेल बागमती–८, फापरबारी स्थित जनता माविको मैदानमा हुनेछ । चौँथो संस्करणको उपाधि अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनलाई हराउँदै ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप