सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चिसोबाट कसरी जोगिने ?

बिहीबार, २० पुस २०७४, १७ : २०
बिहीबार, २० पुस २०७४

काठमाडौं– न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।  काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा मात्रै नभएर देशभर  चिसो ह्वात्तै बढेको छ । 

 चिसोको समयमा विशेषतः बालबालिका बिरामी हुने दर ह्वात्तै बढ्ने गर्छ । बालस्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक पर्शुराम श्रेष्ठका अनुसार मुख्यगरी ५ वर्ष मूनिका बालबालिकामा  निमोनिया, रुघाखोकी जस्ता समस्या देखापर्छन् । 

यस्तै  जुनसुकै उमेर समूहकामा समेत  हृदयघात, फोक्सोको संक्रमण र श्वास प्रस्वासको समस्या देखिन सक्छ ।   प्राय सबै उमेरका नागरिकलाई रुघाखोकीको समस्या हुने गरेको  छ । रुघाखोकीको मुख्य कारण भनेको भाइरल संक्रमणनै मानिन्छ ।  यो समयमा शरीरलाई न्यानो राख्दा संक्रमणबाट  बच्न सकिने चिकित्सकहरु बताउँछन् । 

यस्तै चिसोको समयमा श्वासप्रश्वासको वृद्धवृद्धाहरुको लागि निकै ठूलो समस्या हो ।  चिसोको कारण हल्का काम गर्दा पनि दम बढ्छ । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्ने र मुटुको समस्या पनि थपिने बताइन्छ । यस खालको कुनै समस्या देखिए  तत्काल चिकित्सकसँग परामर्श गर्नु जरुरी हुन्छ ।
 

यस्तै निमोनिया मानिसको छातीमा हुने एक प्रकारको संक्रमण हो । यो रोग बालबालिका र बृद्धाबृद्धमा बढी देखिन्छ । अन्य समयमा पनि हुने निमोनिया चिसोको समयमा बढी हुने गरेको पाईन्छ । यो समयमा निमोनिया भएका व्यक्ति ,बालबालिका र बृद्धबृद्धाहरुलाई बढीमात्रमा ध्यान दिनु पर्ने हुन्छ । 

चिसो याममा उच्चरक्तचाप भएकाहरु बढी सचेतक रहनुपर्ने हुन्छ ।  मुटुरोग विषेशज्ञहरुको अनुसार चिसो मौसममा उच्च कोलेस्टारल, उच्चरक्तचाप बढ्ने हुन्छ । यो समयमा सामान्य रक्तचाप भएपनि रक्तचाप तलमाथि भईरहने हुन्छ । उच्चरक्तचाप भएका व्यक्तिले रक्तचाप नियमित जाँच गर्नुपर्ने हुन्छ । 

चिकित्सकहरुको भनाई अनुसार चिसोको समयमा भाइरल फ्लु लागेका मानिसहरुबाट टाढा रहनु पर्छ ।   जाडोमा  झोलिलो र तातो खानेकुरा खानाले  स्वास्थ्यलाई बढी फाइदा हुन्छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप