बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा पर्यटक बढ्दैछन् : सिद्धार्थ महर्जन

बिहीबार, १७ भदौ २०७२, १२ : ५२
बिहीबार, १७ भदौ २०७२
  सिद्धार्थ महर्जन महर्जन (भिक्षु निग्रोधा) केही समय अगाडि लुम्बिनी बिकाष कोषको उपाध्यक्ष नियुत्त भएका थिए । कोषमा २०७२ जेष्ठ २ गते नियुक्ती लिएका उपाध्यक्ष भिक्षु निग्रोधा नयाँ योजनासहित काम गर्ने तयारीमा लागेका छन् । के छन् उनका योजना ? रातोपाटीका भैरहवा संवाददाता राधेश्याम विश्वकर्माले उनीसँग कुराकानी गरेका छन् । भुकम्पपछि लुम्बिनीमा पर्यटनको अवस्था कस्तो छ ? भुकम्पले नेपालभरि नै बिपद ल्यायो । पुर्नस्थापनको अवस्था छ । भाग्यले भनौ लुम्बिनी क्षेत्र भुकम्पबाट त्यति प्रभावित र क्षति भएन । तर पनि समग्र नेपालमै भुकम्पपछि आएको पराकम्पनहरुले पर्यटकहरुको संख्या ह्वात्तै न्यून भएको छ । लुम्बिनी पनि यसबाट अछुतो हुन सकेको छैन । गएको महिना सम्म लुम्बिनीमा पर्यटकको सख्याँ घटेकै थियो । तर मलाई लाग्छ साउनको दोश्रो साता देखि नियमित दर्शनार्थीहरुको संख्या क्रमश बढ्दै गएको छ । जस्तै श्रीलङ्कन, थाइ, म्यानमार, भियतनामका पर्यटक बिस्तारै आउने क्रम शुरु भएको छ । केही समयसम्म त शुन्य नै थियो । बिपद र संक्रमणको अवस्थाले पर्यटक भारत भएर मात्रै फर्कने गरेका थिए । तर, अहिले अवस्था फेरिदै छ । बिभिन्न सामाजिक सञ्जाल एवम् पक्षबाट लुम्बिनी खतरामुक्त छ, लुम्बिनीमा भुकम्पको कुनै प्रभाव परेका छैन भन्ने सन्देश फैलाउन सकियो भने पर्यटक आउने सम्भावना धेरै छ । अस्ति भर्खर श्रीलङ्काले गरेको कार्यक्रममा मैले श्रीलङ्ककाली राजदुतसँग कुरा गरेको थिएँ । उहाँले यसपाली मात्रै करिब ४० हजारले लुम्बिनी दर्शनका लागी आउने भिसा लिएको जानकारी दिनुभयो । त्यसैले आशा गरौँ, अहिले लुम्बिनीको दर्शन गरि नेपाललाई सहयोग गर्ने पर्यटकको संख्या बढी नै होला । भुकम्पपछि पर्यटक आकर्षित गर्न लुम्बिनी बिकास कोषले आफ्नो कार्ययोजना कसरी बनाउदै छ ? नेपाल सरकारले आफ्नो बजेट मार्फत नै स्मार्ट सिटी भनेर घोषणा गरेको छ । अहिले लुम्बिनीमा पर्यटक सिमिति समयको लागी आउने र दर्शन गरेर फर्किहाल्ने परिपाटी छ । अब यहाँ प्याकेजको रुपमा पर्यटकहरु भित्राउने कुरा भएको छ । कम्तिमा १÷२ दिन बस्ने गरि योजना बनाउने कुरा आईरहेको छ । यसमध्ये अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाटै एशियाली बिकास बैंक र लुम्बिनीँंग समन्वय गरेर पर्यटक प्रवद्र्धन सम्बन्धी दश बर्षे बृहत्तर योजना लागु गरेको अबस्था छ । अहिले हामी बिस्तारै सोही कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडी बढाउदै छौँ । यसलाई कार्यन्वयन गर्न सकियो भने लुम्बिनीमात्र नभई लुम्बिनीसहित अरु पुरातात्विक धार्मिक स्थलहरुको पनि विकास हुन्छ । पर्यावरण र वातावरणको हिसाबले पनि कपिलबस्तु, देवदह, रामग्राम, कुदान क्षेत्रहरु र बुद्ध जन्मभूमिबाट भारत कर्मभूमि त्यहाँसम्म पनि बुद्ध सर्किट जोड्ने कुरा आईरहेको छ । सोही अनुसार प्रयास पनि भई रहेको छ । आशा गरौं यो बुद्ध सर्किटको योजनाले लुम्बिनी र यस वरपरका क्षेत्रमा पनि पर्यटक आगमनको लागी थप मद्दत गर्नेछ । समग्र लुम्बिनी बिकासमा पर्यटन ब्यावसायी, स्थानीय एवम् अन्य सरोकारवालाको भूमिका कस्तो छ ? लुम्बिनी आफै एउटा पुरातात्विक एव्म धार्मिकस्थल भएकोले यसलाई मुस्लिमको मक्का , क्रिश्चियनकोे भ्याटिकन सिटी समग्र बिश्वका बौद्ध र शान्तीगामीका लागी तीर्थस्थल बनाउन आवश्यक छ । नेपालका सीमित श्रोत र साधनलाई उचित सुदपयोग गर्नुपर्ने अबस्था छ । नेपाल सरकार सँगसँगै यहाँका होटल ब्यावसायी, अन्य सरोकारवाला पनि चासो दिनुपर्छ । दर्शन गर्न आउने पर्यटकको सेवा सुविधा सुलभ र ब्यवस्थित गर्नुपर्छ ।सरसफाई देखि लिएर उनीहरुको बसाई लगायतमा स्तर उन्नती गरेर जानु पर्ने अवस्था छ । बेला बखत सरोकारवालासित छलफल पनि भएको छ । पर्यटकीय दृष्टिकोण, दर्शनार्थीको हिसाबले यहाँ भौतिक पूर्वाधार त पुग्दैन । तर पनि त्यसलाई पुराउने हिसाबले र लुम्बिनी क्षेत्रको वातावरण नबिर्गिने हिसाबले पनि भौतिक पूर्वाधारको बिकास गर्नु पर्ने आवश्यकता छ । त्यसको लागी पनि हामीले धेरै गृहकार्य गर्नु पर्ने छ । लुम्बिनी गुरुयोजना पुरा गर्न के–के कदम चाल्नु हनेछ ? गुरुयोजनाको लागी हाम्रोजस्तो बिकासोन्मुख देशमा पर्याप्त बजेट हुँदैन । तर, पनि नेपाल सरकारले आफुले भ्याएसम्म सहयोग गरिरहेको छ । ६८ प्रतिशतसम्म गुरुयोजना अनुसार तयारी भएको छ । बाँकी रहेका कार्यहरु पनि सीमित श्रोत र साधनले गर्नुपर्ने भएकोले नेपाल सरकारले दिएको र लुम्बिनी बिकास कोषको आन्तरिक श्रोतले जति सकिन्छ त्यो अनुसार क्रमवद्ध रुपमा बर्षेनी गुरुयोजनाका कामहरु बिस्तारै अगाडी बढि रहनेछन् । अन्तराष्ट्रिय दातृ निकायलाई आव्हान गरे यो गुरुयोजना छिटो भन्दा छिटो सकाउन सकिन्छ । प्रयास भैरहेका पनि छन् । कोईका, एशियन बिकास बैंक जस्तै अरु दातृ निकायलाई पनि सहभागी गराएर उनीहरुको पनि अनुदान लिएर लुम्बिनीको गरिमा बढाउन सकिन्छ । अन्तराष्ट्रिय सहयोग आवश्यक छ । यि दुई वटै भए भने मात्रै चाहि यो गुरुयोजना अनुसार उद्देश्य पुरा र छिटो छरितो हुन्छ । अन्त्यमा केही छ ? लुम्बिनी बौद्धहरुको मात्रै नभईकन सबै राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमा पबित्र तीर्थ एव्म प्रर्यटकीय स्थल हो । लुम्बिनी भुकम्पबाट प्रभावित छैन । सुरक्षित नै छ । म बिकास कोषमा नयाँ आएको भएता पनि लुम्बिनी हाम्रो गौरव हो । हामी लुम्बिनीको लागी हो भन्ने भावना विकास गर्न खाँचो छ । यसो भयो भने लुम्बिनीको बिकासलाई बिश्वमा उजागर गर्न सकिन्छ । यसले नेपालको बिकासमा ‘टर्निङ्ग प्वाईन्ट’ बनाउछ । हाम्रो लुम्बिनी र हामी लुम्बिनीको लागी भन्ने भावनासहित अगाडी बढ्नुपर्छ । म सबै देशवासी नेपाली दाजुभाई दिदिबहिनीहरुमा अनुरोध गर्दछु । लुिम्बनीको दर्शन गरि पूण्य आर्जन गर्नु हुन पनि अनुरोध गर्दछु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप