बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बैंककमा हुनुहुन्छ ? राजुले खुवाउँछन् नेपाली खाना

बिहीबार, १७ भदौ २०७२, १३ : ०४
बिहीबार, १७ भदौ २०७२
तीन बर्ष देखि म यहाँ व्यपार गरिरहेको छु । अहिले २९ बर्षको भएँ । नेपालमा मेरो घर स्याङ्जा हो । काठमाडौंमा पढदै थिएँ । त्यस्तैमा थाइल्यान्ड आएँ घुम्नका लागि । त्यसबेला लामो सय बसेँ । त्यसपछि यहि काम गर्न सकिन्छ जस्तो लाग्यो । शुरुमा एक जना दाईको मा तालिम लिएँ ६ महिना जति । होटल सम्बन्धी तालिम लिएको हो । घुम्न आएका बेला नेपालीहरुले आफ्नोस्वादको खाना पाएका थिएन । बिजनेसका लागि पनि नेपालीहरु आउने–जाने गर्छन । तर, उनीहरुले नेपाली खाना खान पाएको देखिनँ । पछि सगरमाथा नेपाली रेष्टुरेष्ट खोलेँ । थाइल्यान्डमा आएका धेरै नेपालीहरु खाना खान आउँछन् । नेपाली खानाको स्वाद दिएको छु । दाल भात नखाएपछि निद्रा लाग्दैन नेपाली दाजुभाईलाई । त्यहि हिसावले यो सेवा दिन सकिन्छ भनेर काम थालेको हो । व्यवासय ठिक छ । राम्रो छ । काम गर्न सजिलै छ । व्यापार गर्न आउने नेपालीहरुलाई सहज छ । थाइ सरकारको राम्रै सहयोग छ ।   दाल,दात, तरकारी, मासुको परिकार, साग, गुन्दुको अचार, सलाद, पापड को नेपाली थाली मेरो रेष्टुरेष्टको मुख्य खाना हो । मम चाउमिन, छोयला, सेकुवा पनि पाइन्छ । भारतीयहरु पनि आउँछन् कहिलेकाही । बैंककमा नेपाली खाना पाएपछि बहुत खुसी हुन्छन् नेपालीहरु पनि । नेपालमा गएर एक पटक नेपाली खाना खाएका विदेशीहरु पनि आउछन् र खाना खाएर जान्छन् । थाई नागरिक पनि आउँछन् नेपाली खानाका लागि ।   एनआरएन,बैकक, थाइल्यान्डका साथीहरु धेरै आउछन् । अरु रेष्टुभन्दा अलि सस्तो दिने, राम्रो दिने मेरो सोच हो । सामग्रीहरु नेपालबाट ल्याउछु कतिपय । मसलाहरु भारतबाट आउछ । नजिकै नेपाली–इन्डियन समान पाउने पसल पनि छ । त्यहाँबाट पनि केही समान आउछ । ३ जना स्टाफ छन् । एक जना बंगाली, एक जना इन्डियन र एकजना नेपाली । नेपालमा घरमै बसेर व्यापार गर्न पाइन्छ । बैंकक अन्तराष्ट्रिय बजार हो । यहाँ राम्रो काम भए चाडो प्रगति गर्न सकिन्छ । त्यो भन्दा पनि बैंककमा आएर नेपाली स्वादका खाना सेवा गर्न पाउदा खुसी लाग्छ । यहाँ आउने सवै नेपाली दाजुभाईले हामीलाई धन्यावाद पनि दिनुहुन्छ ।   प्रस्तुति : गोकर्ण लामिछाने
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप