बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भैरहवाको होटल यति

बिहीबार, १७ भदौ २०७२, १३ : २७
बिहीबार, १७ भदौ २०७२

 
भैरहवा, - लुम्बिनीको प्रवेशद्वारको रुपमा चिनिएका भैरहवाको आफ्नै विशेषताहरु रहेका छन् । लुम्बिनी भ्रमणको लागी आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भुलाउन भैरहवाका होटेलहरु पनि सधैं अग्रसर हुने गरेका छन् । भैरहवामा रहेका होटेलहरुमध्ये पनि अलग पहिचान बनाएको होटेल हो यति होटेल । भैरहवाको पुरानो होटेलहरु मध्ये एक यो होटेलको स्थापना २०४३ सालमा भएको होटेलका सञ्चालक राम थापाले बताए । त्यस समय भैरहवा त के लुम्बिनीमा पनि होटलेहरु नभएको थापाको भनाई छ । अहिलेको समयमा पनि यतिमा करिब १५ करोडको लगानी रहेको थापाले बताए । सञ्चालक थापाका अनुसार होटेलले ५५ जनालाई प्रत्यक्ष रोजगार दिएको थापाले बताए । अहिलेसम्म यतिले बिदेशी पर्यटक बाहेक स्वदेशकै कैयौं बिशिष्ठ पाहुनाहरुलाई आतिथ्यता दिई सकेको होटेलका व्यवस्थापक सुमित पन्तको भनाई छ । भैरहवा आउने हुन कि भैरहवा भएर अन्त जिल्लामा जाने बिशिष्ठ पाहुनाहरुको वासस्थान नै होटेल यति हुने गरेको पन्तको दावी छ । होटेलमा रहेको १९ वटा डिलक्स कोठा, ३ वटा सुपर डिलक्स र ४ वटा स्टेण्डर्ड सहित ३० वटा कोठाहरुले दैनिक ७० जना अतिथिहरुलाई आरामदायी बासमा सहयोग पुरयाउने गरेको छ । प्रत्येक कोठामा अट्याच ट्वाईलेट, बाथरुम, केबुल सुविधा सहित टिभीको व्यवस्था, निःशुल्क वाईफाईको सुविधाको साथै तातो चिसोको पानीकोसमेत व्यवस्था रहेको छ । लुम्बिनी भ्रमणको लागी आउने पर्यटकहरुका लागी लुम्बिनीका होटेलहरु अप्रर्याप्त भैरहेको आवाज उठिरहेको अवस्थामा अहिले बिकल्पको रुपमा भैरहवामा धमाधम होटेलहरु सञ्चालन भै रहेका छन् । ४ तल्ले भवन यतिमा रेष्टुरेण्ट, बार समेतको उचित ब्यावस्था रहेको छ । यसका साथै यतिमा मात्र पाईने हङ्गकङ्ग चिकन, चाईनिज चिकन, चिकन चिल्ली लगायतले पाहुनालाई स्वादमा नौलो अनुभूति पाउन सक्ने छन् । पर्यटकहरुलाई लोभ्याउने अर्को कारण यसको अवस्थिति हो । भैरहवाको मुटु देवकोटा चोकमा रहेको यस होटलबाट सुनौली, लुम्बिनी, परासी, बुटवल जान सबै भन्दा सहज हुने गरेको छ । साथै नजिकै बैंकरोड भएको कारण होटेलमा आएका पर्यटकहरुलाई शपिङ्गमा पनि सहजता महसुस हुने गरेको होटेल कर्मचारीहरुको भनाई छ । यसको साथै होटेलकै तल्लो तल्लामै बिभिन्न ट्राभल एजेन्सी, एयरलाईन्सका कार्यालयहरु भएकोले पर्यटकलाई थप सहज भएको छ । यस अतिरिक्त निकट भविष्यमै ३ तारे सुविधा सहित होटेललाई बिस्तार गरिने यति होटलका सञ्चालक राम थापाले बताए । स्विमिङ्ग पूल, ५०० जना अट्ने सेमीनार हलको ब्यावस्था, ५० देखि ५५ जना अट्ने मिटिङ्ग रुमसहित ६० वटा कोठाको होटलको रुपमा बिस्तार गर्ने योजना रहेको थापाको भनाई छ ।
- See more at: http://old.ratopati.com/2015/08/05/222328/#sthash.8pcnEgsQ.dpuf

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप