बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बन्दले लुम्बिनीमा पर्यटक घटे

शनिबार, १९ भदौ २०७२, ११ : ०६
शनिबार, १९ भदौ २०७२

भैरहवा– बैशाख १२, १३ र २९ गते नेपालमा गएको बिनाशकारी भुकम्पको चपेटाले देशको सवैक्षेत्र प्रभावित बनाएको थियो । तर, पनि लुम्बिनी र यससँग सम्बन्धित अन्य क्षेत्र भुकम्पबाट त्यति प्रभावित र क्षति भएका थिएनन् । तर पनि समग्र नेपालमै भुकम्प पछि आएको पराकम्पनहरुले गर्दा पर्यटकहरुको संख्या ह्वात्तै न्यून भएको स्थिति छ । नेपालमै पर्यटनको अवश्था खस्किरहेको अवश्थामा लुम्बिनी पनि यसबाट अछुतो हुन सकेको छैन । गौतम बुद्धको जन्मभुमि लुम्बिनीमा पर्यटकको आवागमन केही दिन ज्यादै न्यून रह्यो ।

मधेशमा मधेश केन्द्रित दल तथा थारु केन्द्रित दलहरुले आव्हान गरेको अनिश्चित गरेको अनिश्चित कालीन बन्दका कारण बिस्तारै उकासिदै गरेको लुम्बिनी फेरी ठप्प परेको छ । बुकिङ्ग गरेका र घुम्न आउनका लागी भिषा समेत लिई सकेको अवश्थामा अहिले पर्यटकहरु धमाधम बुकिङ्ग रद्द गर्न थालिएको बुझिएको छ । मोर्चाले आव्हान गरेको बन्दको क्रममा भैरहवाबाट लुम्बिनी जाने सडक खण्डको बिभिन्न भागमा बन्दकर्ताले रुख ढाली, ढुंगा मुढा राखी गरेको अवरोधका कारण पर्यटकहरु लुम्बिनी जान डराई रहेका छन । भुकम्पको मारबाट लुम्बिनी खतरामुक्त छ भन्ने सन्देश गई रहेको अवश्थामा यसरी लगातारको बन्दको कारण पर्यटकहरुमा नेपाल नै खतरा रहेको गलत सन्देश गई रहेको पर्यटन ब्यावसायीहरु बताउछन । यस अघिका बन्दहरुमा पर्यटकहरुलाई निर्वाध रुपमा हिडडुल गर्ने वातावरण रहेकोमा अहिले सो वातावरणको प्रत्याभुति गराउन सरकार असफल रहेको ब्यावसायीहरुको गुनासो रहेको छ । अगष्ट देखी शुरु हुने पर्यटकिय सिजन शुरु देखी नै बन्दको मारमा परेको छ । २०१४ सालको अगष्ट महिनामा लुम्बिनी भ्रमणको लागी आउने स्वदेशी पर्यटकको संख्या १५ हजार ६ सय ५८ जना रहेकोमा यस बर्ष सोही महिनामा १२ हजार १ सय १५ जनाले मात्र लुम्बिनी भ्रमण गरेका छन । यसै गरि अगष्ट महिनामा गत बर्ष ४ हजार ९३ जना भ्रमण गरेकोमा यस बर्ष घटेर १ हजार ४ सय ७२ जना भारतीयले मात्र लुम्बिनी दर्शन गरेको लुम्बिनी बिकाश कोष सूचना शाखाका नायब सुब्बा दिलिप कुलुङ्गले जानकारी दिए । यसै गरि छिमेकी मुलुक चिनबाट पनि गत बर्षको अगष्ट महिनामा १ सय ३ सय २९ जनाले लुम्बिनी भ्रमण गरेकोमा यस बर्षको सोही महिनामा १ सय ९६ जनाले मात्र भ्रमण गरेका छन । बौद्धमार्गी देश र अन्य शान्तीगामी मुलकहरुबाट पनि नेपालको अस्थिर राजनैतिक अवश्थाको कारण लुम्बिनी भ्रमणको लागी आउने पर्यटकहरु घट्दै गई रहेको सूचना शाखाका नासु कुलुङ्गले बताए । भदौ देखि नै लुम्बिनीमा दर्शन गर्न आउने दर्शनार्थीहरुको घुईचो लाग्ने गरेको थियो । तर यस बर्ष भदौ दौश्रो साता हुदा सम्म पनि होटलहरुको बुकिङ्ग न्यून रहेको होटल ब्यावसायीहरु बताउछन । लुम्बिनी बिकास कोषको सूचना शाखाले दिएको जानकारी अनुसार गत बर्षको जुलाई महिना भरिमा भारतीय पर्यटकहरु मात्र ४ हजार ९३ जना रहेकोमा यस बर्ष सोही महिनामा घटेर २ हजार ८ सय ७३ जना मात्र पुगेको छ । यसै गरि लुम्बिनी भ्रमणका लागी आउने श्रीलंकाका पर्यटकहरुको संख्या गत बर्षको जुलाईमा ५ सय ४९ जना रहेकोमा यस बर्ष सोही महिनामा बढेर ७ सय ७५ पुगेको दखिएका छ । संयुक्त मधेशी मोर्चा र थरुहट संयुक्त सघर्ष समितिको आन्दोलनको कारण पर्यटकहरु बेलहियाबाट नै फर्केर भारत तर्फ जाने गरेका छन ।

भुकम्पको मारमा परेको लुम्बिनी बिस्तारै सुध्रिदै गई रहेको थियो । लुम्बिनीमा साउनको दोश्रो साता देखि नियमित दर्शनार्थीहरुको संख्या जस्तै श्रीलङ्कन, थाइ, म्यानमार त्यस्तै भियतनामीहरु बिस्तारै आउने क्रम शुरु भएको लुम्बिनी बिकाश कोषका उपाध्यक्ष भिक्षु निग्रोधाले बताए । ‘श्रीलङ्काले गरेको कार्यक्रममा मैले श्रीलङ्ककाली राजदुत संग कुरा गर्दा उहाले यसपाली मात्रै करिब ४० हजार जनाले लुम्बिनी दर्शनका लागी आउने भिसा लिएको जानकारी पाएको’ उपाध्यक्ष निग्रोधाले रातोपातीसँगको आन्तर्वार्तामा भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप