बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बन्ने भो पर्यटकीय मार्ग

बिहीबार, २४ भदौ २०७२, ११ : १३
बिहीबार, २४ भदौ २०७२

रसुवा— भूकम्पपछि बिग्रेको लाङटाङको पर्यटकीय मार्ग मर्मत तीव्र गतिमा अगाडि बढेको छ ।

उपभोक्ता समितिका अध्यक्ष सुप्पा तामाङका अनुसार स्याफ्रुबेसीदेखि लाङटाङको गोरेटो बाटो मर्मतका लागि यार्सा क्षेत्रबाट ल्याइएको मजदुर र स्थानीयवासीको सहयोगमा तीव्र गतिमा काम अगाडि बढिरहेको छ । जिविसको १५ लाख सहयोगमा एक महिनाभित्र कार्य सम्पन्न गर्नेगरी काम अगाडि बढाएको र दैनिक कामका लागि ७० जना मजदुर क्रियाशील रहेको बताइएको छ । काम गर्ने मजदुरलाई ओएम नेपालको सहयोगमा हेलिकोप्टर द्धारा घोडातबेला पु¥याइएको अध्यक्ष तामाङले जानकारी दिए । गत वैशाख १२ को भूकम्पपछि नेपालको तेस्रो पर्यटकीय गन्तव्यअन्तर्गतका स्याफ्रुबेसीदेखि क्यान्जेनसम्मको पैदलमार्ग ठाउँठाउँमा भत्केपछि बाटो अवरुद्ध भएको र १ सय १६ घरका ४ सय ९६ जना विस्थापित भई काठमाडौँको एल्लो गुम्बामा सरण लिइबसेको जानकारी दिँदै उहाँले पैदलमार्ग तयार भएपछि विस्थापित परिवारलाई पुनः स्थापना र पर्यटक प्रवद्र्धन गर्ने कार्यमा सबै एकजुट हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप