मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्वतारोहण पर्यटन ओझेलमा

सोमबार, २८ भदौ २०७२, १२ : ३७
सोमबार, २८ भदौ २०७२
काठमाडौँ – अन्तर्राष्ट्रिय जगतमा नेपालको परिचय पर्वतारोहण पर्यटनको मुख्य गन्तव्यस्थलका रुपमा बने पनि यस क्षेत्रलाई अलग्गै पर्यटन व्यवसायका रुपमा स्वीकार नगरिँदा परेको भन्दै सम्बन्धित विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । सन् १९५० देखि पर्यटन विकासको सुरुवात पर्वतारोहणबाट भएको भए पनि अझसम्म राज्यका नीति नियममा यसलाई पदयात्राको एक अङ्गका रुपमा मात्र सीमित गरिँदा पर्वतारोहणको वास्तविक तथ्याङ्क र जानकारी प्राप्त हुन नसकेको आज  आयोजित गोष्ठीमा बताइयो । हिमाली जोशले आयोजना गरेको सगरमाथाको पुर्नजीवनसम्बन्धी गोष्ठीमा पर्यटनविद् डा लाक्पा नोर्वु शेर्पाले नेपालमा पर्वतारोहण पर्यटनको प्रशस्त सम्भावना रहे पनि राज्यले उचित ध्यान नदिँदा, सगरमाथा क्षेत्रमा विगत तीन वर्षमा भएका विपद् र असुरक्षाको अवस्थाले पर्वतारोहणमा आउने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको बताए । नेपाल राष्ट्रिय पर्वतारोहण गाइड एसोसिएसनका पूर्व अध्यक्ष पेम्वा ग्लाल्जेन शेर्पाले सगरमाथा क्षेत्रमा सन् २०१३ मा इटालीका पर्वतारोहणसँग द्वन्द्व भएको, सन् २०१४ मा हिमपहिरो जाँदा १६ पर्वतारोहीको मृत्यु र सन् १०१५ मा गएको भूकम्पमा परी १९ जनाको ज्यान गएको घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा नराम्रो प्रचार भएकाले यसलाई चिर्दै नेपाल पर्वतारोहणका लागि सुरक्षित छ भन्ने सकारात्मक सन्देश फैलाउनुपर्ने आवश्यकतामा जोड दिए । नेपाल पर्वतारोहण प्रतिष्ठानका कार्यकारी निर्देशक लाक्पा फुटी शेर्पाले नेपाल पर्वतारोहणको विश्वविद्यालय नै भएकाले यसबाट धेरै फाइदा लिनुपर्ने बताउँदै पर्वतारोहणमा स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्न लागिएको जानकारी दिए । हिमाली जोशका अध्यक्ष डा मिङ्मा नोर्बु शेर्पाले नेपाल पर्वतारोहण र पदयात्राका लागि सुरक्षित छ भन्ने सन्देश विश्वभर पु¥याउन नसकिएसम्म पर्यटक आगमन बढाउन नसकिने भएकाले यसतर्फ सरकार, व्यवसायी र सञ्चारमाध्यमहरुले पहल गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप