मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एक सय तीन जना पाईलटले पाए अस्थायी प्रमाणपत्र

सोमबार, २८ भदौ २०७२, १९ : ०१
सोमबार, २८ भदौ २०७२
पोखरा -नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखराको आकासमा उड्ने प्याराग्लाईडिङका पाईलटहरुलाई सोमवार एक विशेष समारोहका वीच अस्थाई उडान प्रमाण पत्र वितरण गरेको छ । अस्थायी प्रमाण पत्र पाएपछि पाईलटहरुमा खुसीयाली छाएको छ । दुईदशक वढी पोखरामा विना इजाजत र प्रमाण पत्र उड्दै आएका पाइलटहरुले हालका लागि अस्थायी उडान प्रमाणपत्र पाएका हुन् । पोखराको आकासमा लामो समयसम्म उडेका यी पाईलटहरु अस्थायी उडान प्रमाणपत्र पाएपछि अहिले खुसी भएका छन् । नेपाल हवाई खेलकुद संस्था ना पोखराले तीन जना महिला सहित एक सय तीन पाईलटलाई यसरी प्रमाण पत्र वितरण गरेको छ । पोखरेली आकासमा उडानमा रहेका १ सय भन्दा वढी पाईलटलाई विस्तारै यस्तै अनुमति पत्र प्रदान गरिने संस्थाका महासचिव वसन्तराज दवाडीले जानकारी दिएका छन् । पोखराको आकासमा अहिले ४५ वटा कम्पनीले अनुमति लिएर उडान गर्दै आएका छन् । यी कम्पनी मार्फत हजारौ पर्यटक लाभान्वीत भएको महासचिव वसन्तराज दवाडीले जानकारी दिएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक संजिव गौतमले अस्थायी प्रमाण पत्रलाई छिटै स्थायीमा रुपान्तरण गरिने वताएका छन् । उनले पोखरामा अन्तराष्ट्रिय विमान स्थल वनेमा यो क्षेत्रको विकल्प खोज्नु पर्ने अन्यथा प्याराग्लाईडिङ यहाँवाट विस्तापित हुने समेत वताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप