मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

व्यवसायी भन्छन्– पर्यटकीय केन्द्र ठमेल सुरक्षित छ

शनिबार, ०२ असोज २०७२, १३ : १४
शनिबार, ०२ असोज २०७२

काठमाडौं–भूकम्पका कारण पर्यटकीय केन्द्र ठमेल असुरक्षित रहेको नकारात्मक प्रचारकाबीच यस क्षेत्रका व्यसायीहरुले ठमेल सुरक्षित रहेको र आफूहरु पर्यटकलाई सेवा दिन आतुर रहेको बताएका छन् । ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार आयोजना गरेको ‘भूकम्पपछिको ठमेल’ विषयक अन्तक्रियामा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव दीनेश कुमार थपलियाले योजनाबद्ध कार्यक्रम ल्याउन पर्यटकीय संघसंस्थाहरुलाई र व्यवसायीहरुलाई अपिल गरे । उनले मुलुकको पर्यटन विकास निजी र सरकारी क्षेत्रको संयुक्त सहकार्यबाटमात्र सम्भव रहेको धारणा व्यक्त गरे । तर, निजी क्षेत्रले आफैँभित्रको आन्तरिक द्धन्द्धलाई समाधान गरेर अगाडी बढनुपर्ने थपलियाको भनार्ई थियो । ‘निजी क्षेत्र योजनावद्ध ढंगले कार्यक्रमसहित आएको खण्डमा मन्त्रालय जस्तोसुकै सहयोग गर्न पनि तयार छ ।’ थपलियाले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारका लागि मन्त्रालय लागिरहेको छ । विकासको काममा मन्त्रालयबाट बजेट विनियोजनमा अवरोध हुदैन ।’ उनले पर्यटकीय केन्द्र ठमेलको विकासका सरकार सहयोग गर्न मन्त्रालय तयार रहेको विश्वास दिलाए ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले ठमेलको पर्यटन प्रवद्र्धनमा देखिएका शान्तिसुरक्षा, विद्युत, सडकलगायतका समस्याको समाधानका लागि सरकारले पहल थाल्नुपर्ने बताए । पर्यटन बोर्डले विभिन्न समस्यका कारण चाहेर पनि धेरै काम गर्न नसकेको भन्दै यो वर्ष ठमेलको विकासका लागि सक्दो प्रयास गर्ने बताए ।

त्यस्तै महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआईजी जयबहादुर चन्दले ठमेललगायत पर्यटकीय क्षेत्रहरुको शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनका लागि काम भैरहेको जानकारी दिए । ठमेललाई २४ सै घण्टा सञ्चालन गर्नु अत्यन्तै जरुरी भए पनि विविध कारणबस् सो गर्न नसकिए पनि यसमा प्रयासरत् रहेको विश्वास दिलाए ।

त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट–नेपाल)का अध्यक्ष दीपक महतले व्यवासयीहरु राजनीतिक रुपले नभई पेसागत ढंगबाट अगाडी बढनुपर्ने भन्दै सार्वजनिक –निजी सहकार्यबाटमात्र मुलुकको पर्यटन विकास सम्भव रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै आयोजक ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले भूकम्पले ठमेलमा अत्यन्तै न्यून असर पारेको भन्दै सोको यर्थाथ सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउनुपर्ने बताए । कार्यक्रममा भूकम्पपछि पनि ठमेल सुरक्षित रहेको सन्देशस्वरुप स्लाईड सोसमेत प्रदर्शन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप