मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

डोल्पा आउने पर्यटकको संख्या बढ्यो

मङ्गलबार, १२ असोज २०७२, १२ : ००
मङ्गलबार, १२ असोज २०७२

डोल्पा–डोल्पामा गएको दुईमहिना यता बिदेशी पर्यटकहरुको संख्यामा बृद्धि भएको छ ।नेपालमा बैशाख १२ गतेको महाभुकम्प पछि सुस्ताएको पर्यटन ब्यबसाय डोल्पामा भने भदौ महिना देखि मात्र दैनिक पर्यटकहरुको सङख्यामा बृदि भएको बिमानस्थल सुरक्षा प्रहरी चौकी जुफालले जानकारी दिएको छ ।

डोल्पा आउनको लागि भदौ देखि असोज सम्मको दुईमहिना उपयुक्त सिजन भएकाले पनि यससिजनमा पर्यटकहरुको सङख्यामा बृदि हुनेगरेको पर्यटक पथ पर्दशक साजन कठायतले बताए । यस सिजनमा जताततै हरीयालि तथा बर्षातपनि कमहुने भएकालेपनि पर्यटकहरु धेरै डोल्पा आउने गरेको उनले बताए ।

गत दुईमहिना यता मात्रै चार सयको हाराहारीमा पर्यटकहरु जुफाल बिमानस्थलमा अवतरण गरेको प्रहरी नायव निरीक्षक कृष्ण बहादुर डि.सिले जानकारी दिए । डोल्पा पर्यटन ब्यबसायको हिसाबमा महत्वपुर्ण जिल्ला भएतापनि सडकसंजालको सुविधा नहुनुको साथै डोल्पाको यातायातको मुख्य साधनको रुपमा रहेको एकमात्र बिमानस्थलपनि भरपर्दो नभएकाले पनि व्यबसाय संकटमा परेको उनले बताए ।

दुईमहिना यता दैनिक नेपालगञ्ज र सुर्खेतबाट हुने उडानहरुमा पनि बिदेशी पर्यटकहरु धेरै आउने गरेको बिभिन्न बिमान कम्पनिहरुका स्टेसन कार्यालयका जुफालका प्रमुखहरुले जानकारी दिए । राज्यले डोल्पाका पर्यटकिय सम्पदाको बिकासकालागि उचित प्रचार प्रचार र सडकसंजालको पहँुच डोल्पा सम्म जोड्नसके करोडौ राजश्व पर्यटन व्यबसायबाटै संकलन हुने दाबि लोकेश खत्रीले बताए । डोल्पामा नेपालकै गहिरो शे फोक्सुन्धो ताल ,नेपालकै दोस्रोठुलो तथा नेपालकै अग्लो स्थानमा रहेको झरना सुलिगाड झरना,बिश्वकै अग्लो मानवबस्ति,नेपालकै प्रशिद्ध शक्तिपिठ बाला त्रिपुरा सुन्दरी धाम लगायतका दर्जनौ प्रशिद्ध धार्मिक,साँस्कृक तथा प्राकृतिक पर्यटकिय सम्पदाहरु रहेका छन् । डोल्पामा रहेका दर्जनौ प्रशिद्ध पर्यटकिय सम्पदाहरुलाई राज्यले उपेक्षित गर्दा बर्षेनि करोडौँ राजश्व खेर गईरहेको स्थानिय बुद्धिजिवि हेमराज हमालले जानकारी दिए । डोल्पा पर्यटकिय गन्तब्य हुँदाहुँदै पनि यातायातको सुबिधा नहुँनुका साथै सुबिधायुक्त होटलको अभाब र महंगिको कारणले नगन्यमात्रामा पर्यटकहरु आउने गरेको उनले बताए । यदि राज्यले डोल्पाको पर्यटन व्यवसायलाई बिकास र बिस्तारकालागि सडकसंजालको सुबिधा पु¥याउनसके बर्षेनि दशौहजार आन्तरीक तथा बाह्य पर्यटकहरुलाई भित्रयाउन सकिने समेत उनले बताए ।

डोल्पा यातायात,संचार,स्वास्थ्य लगाएतका सबैपक्षबाट पछिपरेकाले डोल्पालाई राज्यले बिशेष संबोधन गर्नुपर्ने डोल्पालीहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप