मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

असोज २८ गते टानको निर्वाचन हुने

शुक्रबार, १५ असोज २०७२, १९ : २५
शुक्रबार, १५ असोज २०७२

काठमाडौँ –  आज हुने तोकिएको निर्वाचन स्थगित भएपछि नयाँ मिति २८ असोजमा टानको निर्वाचन हुने भएको छ बिहिबार प्रमुख जिल्ला अधिकारीसहितको रोहबरमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा टानले नयाँ निर्वाचन मिति तोकेको हो । विवादका बीच आजको निर्वाचक स्थगित भएको थियो । असन्तुष्ट पक्षले उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन टान कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । निर्वाचनको मुखैमा गरेको तालाबन्दीको कारण जेसुकै भए पनि सारमा घोषित निर्वाचन कार्यक्रम तोकिएकै मितिमा सम्पन्न गर्न व्यवधान खडा भएको थियो । विवाद बढेपछि यो मुद्धा जिल्ला प्रशासन कार्यालयसम्म पुग्यो जहाँ आगामी असोज २८ गते नयाँ निर्वाचन गर्ने नयाँ निर्णय गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप