सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘जाजरकोट र हुम्लामा फैलिएको भाइरलको प्रकोप नियन्त्रणमा’

आइतबार, २३ पुस २०७४, १३ : ०८
आइतबार, २३ पुस २०७४

काठमाडौं– जाजरकोट र हुम्लामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आएको सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयले दाबी गरेका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख राम बहादुर नेपालीले भाइरलको प्रकोप नियन्त्रणमा आएको रातोपाटीलाई बताए ।  उनका अनुसार  जिल्लाको जुनीचादी गाँउपालिकाको वडा नम्बर १, २ र ३ मा भाइरल फैलिएको थियो भने  सो क्रममा ५ जनाको ज्यान गएको थियो ।  

मृत्यु हुनेमा जुनचाँदी गाउँपालिकाका वडा नम्बर २ स्थित भैरबटोलकी ५२ वर्षीया धनसारा नाथ , वेसीपाटाकी ७२ वर्षीय का शत्रुप शाही ,६२ वर्षीया आईती तिरुवा, ५२ वर्षीय करसिंह टमाट र राम बहादुर शाहीको ८ दिनका शिशुको मृत्यू भएको प्रमुख नेपालीले बताए । 

यस्तै अन्य ६ सय जना गम्भीर बिरामीको उपचार जारी रहेको उनको भनाई छ । 

उनका अनुसार २० गतेदेखि भाइरल ज्वरो फैलिए पनि जिल्ला जनस्वास्थ्य कार्यालयलाई २१ गते मात्रै जानकारी प्राप्त भएको थियो । 

भाइरल फैलिएको स्थान पुग्नको लागि जिल्ला सदरमुकामबाट २ दिन लाग्ने हुँदा टोली पुग्न ढिला भएको कार्यालयले जनाएको  छ । 

महामारी फैलिनु २ दिन पहिला मात्रै  सबै  स्वास्थ्य चौकी तथा हेल्पोष्टमा औषधि वितरण गरेको कारण महामारीले ठूलो रुप लिन नपाएको पनि नेपालीको दाबी छ । 
आज देखि योजनाबद्ध रुपमा टोलटोलामा स्वास्थ्यकर्मीहरु खटाएको पनि नेपालीले बताए । फिल्डमा डाक्टर पवन शाख्यको नेतृत्वमास्वास्थ्यकर्मीहरुको टोली खटिएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार भाइरलबाट ६ सय भन्दा धेरै स्थानीय प्रभावित भएका थिए ।  

यस्तै हुम्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. रञ्जित कुमार यादवले पनि जिल्लामा फैलिएको फाइरलको माहामारी नियन्त्रणमा आएको बताए  । उनका अनुसार  मेडिकल असिसटेन्ड डाक्टर नविन रोकायाको नेतृत्वको टोलीले प्रभावित क्षेत्रमा उपचार जारी राखेको छ । 

एक सातायता  सर्केघाट गाउँपालिका आसपासका क्षेत्रमा भाइरल फैलिएको बताइएको छ । भाइरलबाट सो स्थानमा  ४ जनाको मृत्यु भएको बताइएको छ । 

यादवका अनुसार मृत्यू हुनेहरुमा सर्केघाट वडा नं ७ रदीकोटका ९१ वर्षीय  भ्याले कार्की,  ९२ वर्षीय  खैरे शाही, ८८ वर्षीय गोरे जैसी र २५ वर्षीया  रन्दरी नेपाली रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप