सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सबैलाई खुसी बनाउन आफू नाङ्गो हनुपर्ने स्थिति छ – सुलेमान शंकर ‘इकु’

आइतबार, २३ पुस २०७४, १६ : ००
आइतबार, २३ पुस २०७४

काठमाडौं – सुुलेमान शंकर ‘इकु’ यहि शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘फिर्के’का हिरो हुन् । उनकै निर्माण र कलाकार रवी डंगोलले निर्देशन गरेको यो चलचित्रले अहिले राम्रो व्यवसाय गरिरहेको निर्माण युनिटको दाबी रहदै आएको छ ।

सानो पर्दाको चलचित्र ‘मेरी बास्सै’ मा गरेको अभिनयबाट इकुको परिचय बनाएका शंकरले यस अगाडि ‘इकु’ र ‘इकु ब्याक अगेन’ चलचित्र ल्याएका थिए । कमेडी बिषयमा चलचित्र निर्माण गरेर दर्शक हसाउँदै आएका शंकरले ‘फिर्के’ पाँच बर्षको अन्तरालमा ल्याएका हुन् ।

एक समय दर्शकमा राम्रो क्रेज बनाएका शंकरले अहिले पनि दर्शकमा आफ्नो क्रेज रहेको बताए । ‘इकु’को भूमिका निर्वाह गरेपछि ‘इकु’ परिचय पाएका उनले ‘फिर्के’ले परिचय फेर्ने समेत बताए ।

भूकम्पमा आमाबुबा गुमाएका दश बालबालिकालाई संरक्षण गर्दै आएका उनी दर्शकले आफूलाई हिरो क्यारेक्टरमा रुचाएको बताउँछन् । ‘अहिले चलचित्रको हिरो भनेको क्यारेक्टर नै हो’ सुलेमानले भने ‘दर्शकले बडी बिल्डर भएको हेर्दामा राम्रो हिरो भन्ने मानसिकता छोडी सके ।’

अभिनेता शंकरले चलचित्र अभिनय भन्दा निर्माण गाहे रहेको बताए । उनले थपे ‘चलचित्र निर्माण भनेको सबैलाई खुसी बनाएर आफू नाङ्गो हुने बिधा हो ।’

चलचित्रमा सुलेमानको साथमा अर्पण थापा, क्रिष्टिना पौडेल, अर्जुन गुरुङ, ऋचा शर्मा लगायतको अभिनय रहेको छ ।

‘इकु’ अर्थात सुलेमानसँगको भिडियो कुराकानी 

भिडियोमा समस्यामा भए यहाँ क्लिक गर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप