मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आठ पटकका सगरमाथा आरोही टाशी शेर्पा टानको चुनावी मैदानमा

शुक्रबार, २२ असोज २०७२, १८ : २७
शुक्रबार, २२ असोज २०७२
बिश्वको सर्बोच्च शिखर सगरमाथा ८ पटक सफल आरोहण गरिसकेका टाशी लाक्पा शेर्पा अहिले नेपाल ट्रेकिङ एजिन्सी एसोसियसन ,नेपाल ९टान० को चुनावी मैदानमा उत्रेका छन् । संखुवासभामा जन्मेका शेर्पा अहिले टानको वरिस्ठ उपाध्यक्षका लागि चुनावी मैदानमा उत्रेका हुन् । सानै उमेरबाट हिमाल आरोहण र ट्रेकिङ क्षेत्रमा लागेका शेर्पाले सगरमाथाको आठ पटक तथा अन्य हिमालको पनि सफल आरोहण सम्पन्न गरिसकेका छन् शेर्पा सेबेन समिट ट्रेक एजेन्सीका निर्देशक शेर्पाले टानलार्इ राजनीतिक खेलबाट मुक्त गरी देशको पर्यटन विकासमा योगदान दिनका लागि आफू टानको चुनावी मैदानमा उत्रेको बताए । टान राजनीति गर्ने थलो मात्र भयो । हामीजस्ता व्यवसायीहरुले नेतृत्व गर्न नपाउँदा टानको बजेट एकै जिल्लामा खन्याइयोु, उनले भने, म विजयी हुन सकेमा सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङदेखि अन्य पर्यटकीय सम्भावना भएका जिल्लामा ट्रेकिङलार्इ अझ व्यवसायिक बनाउन अभियान थाल्नेछु । टानको चुनावी मैदानमा आफू मजदुर, पर्यटन व्यवासयी तथा पर्वतारोहीहरुको तर्फबाट चुनावी मैदानमा उत्रेकाले उनीहरुको सहयोगमा सफल हुने उनको भनाइ छ । ुराजनीति प्रभावमा परेको टानलार्इ मुक्त गरी भूकम्पपछि ओरालो लागेको नेपाली पर्यटनलार्इ उकास्न हामीजस्ता आरोही र व्यवसायीले योगदान दिने योजना बनाएका छौ, उनले भने, ुमसहित मेरो प्यानले जित निकालेमा ट्रेकिङ व्यवसायीहरुको हितमा क्रियाशिल हुनेछौं । देशको प्रमुख आम्दानीको स्रोत पर्यटनलार्इ अझ माथि उठाउने हाम्रो योजना छ ।ु पर्यटन व्यवसायी चन्द्र रिजालको समूहबाट वरिस्ठ उपाध्यक्षमा चुनावी मैदानमा उत्रेका उनले पर्वतारोही र ट्रेकिङ व्यवसयाहीरुको साथले जित निकाल्ने दाबी गरे । ुभूकम्पपछि तहसनहस भएको पर्यटन क्षत्रको उत्थानका लागि हामीले संमगठितरुपमा काम गर्नु जरुरी छ उनले भने, टानमा यो कामका लागि हामीले अहिलेबाटै कार्ययोजना बनाएका छौं । हामी सफल भएमा पुनस् पर्यटकरुलार्इ पहिलेजस्तै नेपाल घुम्नसक्ने वातावरण बनाउँछौं । पर्यटक भित्र्याउन सके भूकम्पपछिको पुनर्निर्माणमा मद्दत मिल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप