मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यसकारण टानको नेतृत्वमा पाण्डे समूहको उम्मेद्वारी

सोमबार, २५ असोज २०७२, १२ : २७
सोमबार, २५ असोज २०७२

काठमाडौं– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्वको लागि वर्तमान महासचिव सागर पाण्डे समूहले उम्मेद्वारी मनोनयन दर्ता गरेको छ । असोज २८ गते हुन लागेको ३७ औं टानको साधरणसभाले नयाँ नेतृत्व चुन्दैछ । रमेश धमला नेतृत्वको दुई वर्षे कार्यकाल समाप्त हुन लागेपछि अबको नेतृत्वमा को जाने भनेर सहमति नभएपछि चुनावी प्रतिस्पर्धा हुने भएकाले नेपाल पर्यटन व्यवसायी मञ्च र निटको तर्फबाट पाण्डे समूहले उम्मेद्वारी घोषणा गरेको हो । प्रस्तावित उम्मेद्वार पाण्डे पर्यटन क्षेत्रमा धेरै नै विज्ञ छन् । जसमा पाण्डे समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा निमा शेर्पा, प्रथम उपाध्यक्ष विद्या हिराचन, द्वितिया उपाध्यक्ष ऋषिप्रसाद नेपाल, महासचिव पासाङ शेर्पा, सचिव छेटुप तामाङ, कोषाध्यक्ष लिलाबल्लभ दाहाल र सह–कोषध्यक्षमा शंकर पाण्डे रहेका छन् । भने सदस्यहरुमा हिमाल घले, नकुल देवकोटा, अर्जुन पाण्डे, पेम्बा शेर्पा, रवि भट्ट, शिवहरी सापकोटा, तारा राना, राजन प्रसाद ढुङगाना र महेश बुढा रहेका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को निर्वाचन नजिकिदैँ गर्दा अध्यक्षका प्रत्यासी सागर पाण्डे समूहले आफ्नो सक्रियता निकै बढाएको छ । ‘पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव, टानमै महासचिव भएर काम गरेको अनुभव र अन्य संघसंस्थाको पनि सफलतापूर्वक नेतृत्व गरेको अनुभव भएकाले अध्यक्षको लागि सक्षम ठानेर साथीहरुले समेत मेरै आवश्यकता देखिपछि नेतृत्व लिन इच्छुक भएको पाण्डेले बताए ।’ पाण्डेले भने, ‘मैले नेतृत्व लिएपछि विशेषत दुई वटा कुरामा केन्द्रीत गराएर टानलाई अगाडि बढाउनेछु । नीति र मुद्दामा नै मेरो पहिलो प्राथमिकता हुनेछ ।’ उनकाअनुसार पर्यटन नीतिलाई पर्यटनमैत्री बनाएर दिगो र ग्रामीण पर्यटनको विकासमा ‘पाइलट प्रोजेक्ट’ सञ्चालन गरिनेछ । पर्यटनमा आवश्यक पूर्वाधार र प्रचारप्रसारलाई व्यापकता गर्न सहकार्य आवश्यक छ । माथिल्लो निकायको सहकार्यको लागि एकता आवश्यक हुने हुदाँ पर्यटन व्यवसायीहरुलाई एकता गराएरै अगाडि बढ्ने पाण्डेले योजना बनाएका छन ।

लामो समयदेखि ट्रेकिङ कम्पनी तथा होटलहरु सञ्चालन गर्दै आएका पाण्डे व्यक्तिगत रुपमा पनि पर्यटन व्यवसायीसँग राम्रै सम्बन्ध बनाएका व्यक्ति मानिन्छन् । एमाओवादीमा आस्था राख्ने उनले टानमा आफ्नो नेतृत्व आउँदा कुनै पनि राजनीतिक गन्ध छिर्न नदिने प्रतिबद्धता समेत जनाएका छन् । टानको महासचिव रहँदा पनि उल्लेखनीय काम गरेकाले उनी यो पटक आफ्नो नेतृत्वको लागि व्यवसायीहरुको साथ पाउनेमा आशावादी छन् । उनले महासचिव हुँदा गर्छु भनेका केही कामहरु गर्न नसकेको र ती कामहरु अध्यक्ष भएपछि गर्ने पनि जानकारी दिए । पर्वतीय पर्यटनको महत्वपूर्ण हिमाली क्षेत्र मनाशलु बोकेर उभिएको गोरखा, अश्राङका पाण्डे २०४९ सालमा पर्वतीय पर्यटन क्षेत्रमा लागेका हुन् । हिमालयन ग्लेसियर ट्रेकिङ र ब्ल्याक डाइमन्ड एक्पिडिसनका कार्यकारी अध्यक्ष समेत रहेका पाण्डेले २ हजारभन्दा बढिलाई रोजगारी समेत दिँदै आएका छन् । होटल मुनलाइट प्रा.लि., अवतार काठमान्डु होटल, होटल इन्काउन्टर नेपाल, होटेल नोर्बुलिङ प्रा.लि., यात्री स्विटस एन्ड स्पा, हिमालयन अल्फ होलिडेज, द सिप रेष्टुरेन्ट एन्ड बारका पनि उनी कार्यकारी अध्यक्ष छन् ।

पर्यटन क्षेत्रमा आबद्व पाण्डेलाई सिंगो वर्तमान टान कार्यमितिको पनि पूर्ण रुपमा समर्थन रहेको टानका वर्तमान अध्यक्ष रमेश धमलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप