मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मजदुर र व्यवसायीलाई उद्योगी बनाउन मेरो नेतृत्वः चन्द्र रिजाल

सोमबार, २५ असोज २०७२, १२ : ३३
सोमबार, २५ असोज २०७२
  • अध्यक्षका प्रत्यासी, टान

व्यवसायी र मजदुर बीच सुमधुर सम्बन्ध हुनुपर्छ । सबै व्यवसायीहरु मजदुर बाटनै बनेका हुन् । व्यवसायी र मजदुर एक आपसमा सहकार्य हुन सके मात्र यस व्यवसायले गति लिने हो । यसमा टानले विशेष भूमिका निभाउनु पर्छ । हालको नेतृत्वले मजदुर त के व्यवसायीको समेत हित हुने काम गर्न सकेको छैन । व्यवसायी र मजदुरलाई उद्योगी बनाउने मेरो पहिलो प्राथमिकताको काम हुनेछ । व्यवसायी र मजदुरको सुमधुर सम्बन्ध बनाउन केही रकम मजदुर कल्याण कोषमा लागु गर्ने भनेर सम्झौता पनि भएको थियो र तर अहिले सम्म हुन सकेको छैन । कोषलाई कसरी एक्टिभ बनाउने काम मेरो टिमको हुने छ । टान व्यवसायीको संगठन भएकाले व्यवसायीले पनि टानबाट लाभ लिन आवश्यक छ । कारणबस व्यवसाय डुबेका, दुर्घटनाका कारण जोखिममा परेका साना व्यवसायिलाई प्रवद्र्धन गर्न मजदुर कल्याणकारी कोषको स्थापना गर्ने लक्ष्य लिएका छौं । टानको विकासमा टिममा विश्वास राख्दछु । एक्लैने गर्न सक्ने काम होईन । सबैको साथ सहयोग र सहकार्यमा हाम्रो टिम अघि बढ्ने छ । संस्थाको अहितमा हुने काम, नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु । व्यवसायी र मजदुरको हितमा कसरी काम गर्न सकिन्छ भन्ने बारेमा अग्रज व्यवसायी, पूर्व अध्यक्ष र सबै व्यवसायीको सल्लाह अनुसार अघि बढ्ने छौं । राजनीति र निजि स्वार्थमा युज भईरहेको टिम्सको रकम सहि ढंगले प्रयोग गर्ने मेरो मुख्य ऐजेण्डा हुनेछ । टिम्सको रकमलाई कसरी व्यवस्थित गर्ने भन्दा पुराना र नयाँ सबै व्यवसायीलाई राखेर सके सम्म सर्वसम्मत भएन भने धेरैका आवाजलाई समेटेर त्यसलाई व्यवस्थित गर्ने छु । भूकम्प पछि पर्यटन व्यवसाय ध्वस्त भएको छ । त्यसलाई पूनर्निमाण गर्न राज्य, व्यवसायी, स्थानीय जनता सबैलाई लगाएर कसरी व्यवस्थीत गर्न सकिन्छ र छिटो भन्दा छिटो पुर्न निमार्ण गर्नु पनि मेरा पहिलो प्राथमिकताको काम हुने छ । त्यस्तै पर्वतिय पर्यटनमा बेला बोलामा एभिलियन्ज आउँछ । रेस्कु टाईममा नहुने, वातवरणीय कुराहरु समयमै नहुने यस्ता समस्या रहेका छन् । यसलाई छिटो भन्दा छिटो ध्यान जानु पर्छ । दिन प्रतिदिन यस बारेमा विश्व सामु नेगेटिभ कुराहरु गईरहेको छ, यसमा ध्यान दिनेछु । पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिलाउँदै सबै मजदुर र व्यवसायीलाई उद्योगी बनाउनेमा मेरो नेतृत्व हुने छ । नेतृत्व लिनेले सबै व्यवसायीको हित हुने काम गर्नुपर्छ, यसमा म कटिवद्ध छु । सरकार संग पुलको काम गर्नु पर्छ । सरकारलाई कन्भिन्स गरेर व्यवसायी तथा मुलुकको हित हुने काम, अर्थतन्त्रको विकासमा लाग्ने लगायतका काम मेरो प्रमुख एजेण्डा हुने छ । हिजो पर्यटन वोर्डमा भएको भ्रष्टाचारको नेतृत्व गरें । एक हदसम्म सफल पनि भइयो । यतिबेला पर्यटन बोर्डको भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधिन छ । टानमा पनि यस्तै भ्रष्टार बढेको छ । संस्थागत भन्दा पनि व्यक्तिगत मनोमानीका साथ आफ्नो राजनीतिक र सामाजिक छबीलाई जबर्जस्त उँचो देखाउन टानको रकम दुरुपयोग गरिएको थुप्रै उदाहरण छन् । यसको विरोधमा हामी आवाज उठाउँदै आएका छौं । स्वतन्त्र व्यवसायी, सिनियर व्यवसायीले टानको नेतृत्व लिनुपर्छ भनेर अघि सार्नु भएको छ । स्वतन्त्र व्यवसायी, शेर्पा समुदायका व्यवसायी, एमाओवादीको आधिकारिक संगठन युटिन र बैद्य र विप्लव समुहका व्यवसायीहरु संग मिलेर अघि बढेका छौं । (आगामी असोज २८ गते हुन लागेको टानको चुनावमा अध्यक्षका प्रत्यासी चन्द्र रिजालसंग गरिएको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप