मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टान अध्यक्षका प्रत्यासीबीच मञ्चमा नै आरोपप्रत्यारोप

सोमबार, २५ असोज २०७२, १९ : ३०
सोमबार, २५ असोज २०७२

काठमाडौं– ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को निर्वाचन हुन तीनमात्रै बाँकी रहँदा अध्यक्षका प्रत्यासी उम्मेद्वारविच वाकयुद्व नै चलेको छ । सोमबार राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) द्वारा आयोजित मिसन टान निर्वाचन –२०१५ विषयक अन्तक्र्रियामा निर्वाचनका उम्मेद्वारद्वय सागर पाण्डे र चन्द्र रिजालविच एकार्कामा आरोपप्रत्यारोप चलेको हो । आफ्नो चुनावी एजेन्डा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनिहरुविच एकापसमा छेडखानी चलेको थियो । कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासी चन्द्र रिजालले टानको वर्तमान कार्यसमितिको खुलेर आलोचना गरे । रिजालले टानले पर्यटन क्षेत्र र व्यवसायीहरुको खास पीर र मर्का बुझ्न नसकेको भन्दै संस्था आफ्नो कार्यक्षेत्रबाट बाहिर गएको आरोप लगाए । ‘भूकम्पपछि सकारात्मक सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवाह गर्नुपर्ने तथा पर्वतीय पर्यटन प्रवद्र्धनमा लाग्नुपर्नेमा टान चामल वितरण गर्दै हिँड्यो ।’ रिजालले प्रश्न गरे, ‘के यो संस्थाको उद्देश्यअनुसारको काम हो ?’ टान भाषणबाजीमा मात्रै सिमित भएको भन्दै उनले चुनावी आश्वासनलाईमात्र व्यवसायीहरुले नपत्याउने बताए ।

टानले संस्थाको आर्थिक पारदर्शिता कायम गर्न नसकेको, सचिवालय व्यवस्थापन गर्न नसकेको, राहत र क्षतिपूर्ति तथा प्रवद्र्वनात्मक कामहरु प्रभावकारी बनाउन नसकेकोलगायतका आरोप लगाउँदै रिजालले प्रश्न गरे, ‘आफ्नै पूर्ववत् एजेन्डा कार्यन्वयन गराउन नसक्ने कार्यसमितिको पुनरावृति गराउनुको अर्थ के ?’ टानमा सधैँ आफ्नै नेतृत्वमात्रै कायम रहनुपर्छ भन्ने चिन्तन हावी भएको भन्दै नयाँ पीँडीले पनि अवसर पाउनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको प्रष्ट पारे । उनले प्रतिश्पर्धी उम्मेद्वार सागर पाण्डेतर्फ संकेत गर्दै रिजालले व्यवसायमा सफल हुने व्यक्ति संघसंस्थाको नेतृत्वमा सफल नहुन पनि सक्ने बताए ।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्षका अर्का प्रत्यासी सागर पाण्डेले उर्जाशिल लामो समय आफूले पर्यटन व्यवसायमा खर्चेको भन्दै व्यवसायीक र अनुभवी व्यक्तिलेमात्र टानको नेतृत्व लिन सक्ने बताए । आफूले जहिले पनि व्यवसायीक एकतामा जोड दिने गरेको उनले स्पष्ट पारे । चन्द्र रिजालतर्फ इंकित पाण्डेले भने, ‘केही व्यक्तिहरु पर्यटनमा राजनीति गर्न खोजिरहेका छन् ।’ आफूले संस्थालाई राजनीतिक भ¥याङको रुपमा नलिएको पनि पाण्डेले स्पस्ट पारे । आफ्नो नेतृत्वको टीम सक्षम र व्यवसायीक रहेको उनको दावी थियो । टान कार्यसमितिले पर्यटन विकास र प्रवद्र्वनका लागि प्रभावकारी काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै उनले टान नेतृत्वप्रतिको पूर्वाग्रह र केही व्यक्तिहरुको गलत प्रवृतिका कारण टानले चाहेर पनि प्रभावकारी काम गर्न नसकेको प्रष्ट पारे । टान कार्यसमितिले भ्रष्टाचार गरेको भन्ने आरोपको खण्डन गर्दै उनले भने, ‘चुनावी प्रतिस्पर्धामा अर्नगल प्रचार गर्ने हिसावले हामीविरुद्व भ्रष्टाचारको आरोप लगाईएको हो ।’ आरोप लगाउनेहरुलाई यथेष्ट प्रमाणसहित आउन उनले चुनौती समेत दिए ।

वर्तमान कार्यसमितिले टानमा थुप्रै सकारात्मक कामहरु थालिसकेको भन्दै आफ्नो समूह निर्वाचित भएर गए एक महिनामा ती कामहरु पूरा गर्ने प्रतिवद्वता पाण्डेले जाहेर गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का केन्द्रिय अध्यक्ष शिव अधिकारीले टानजस्तो व्यवसायीक संगठनको निर्वाचन अस्वस्थ प्रतिस्पर्धा र आरोपप्रत्यारोपकाविच हुनुले राम्रो सन्देश नजाने धारणा व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप