मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टानमा चन्द्र रिजाल समूह अगाडि

मङ्गलबार, २६ असोज २०७२, २२ : १२
मङ्गलबार, २६ असोज २०७२

काठमाडौ– असोज २८ गते हुन लागेको ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) निर्वाचन २०७२ को सरगर्मी अगाडि बढिरहँदा चन्द्र रिजाल समूह अगाडि देखिएको छ । अधिकाँस पर्यटन व्यवसायीको साथ र समर्थन रहेको हुँदा रिजाल समूह चुनावी प्रतिष्पर्धामा अगाडि देखिएको हो । एक आपसमा इलेक्ट्रोनिक माध्यमको प्रयोग गर्दै मत माग्न उम्मेदवारहरु व्यस्त भईरहेका बेला रिजाल समूहलाई सबै राजनीतिक विचारधाराको प्रतिनिधित्व गर्ने व्यवसायीक समूहको समर्थन रहेकाले यो समूह अग्रस्थानमा रहेको स्वतः देखिएको हो । चन्द्र रिजाल समूहलाई नेकपा एमाले, एकिकृत माओवादी, वैद्य माओवादी, विप्लव माओवादी र नेपाली कांग्रेस निकट एक समूहका व्यवसायीका साथै जनजाती समूहको साथ र समर्थन रहेको छ । आस्था, मान्यता र विचारले सबै समूहको प्रतिनिधित्व छ, तापनि यो समूहले टानको ढोकाभित्र राजनीतिलाई नछिराउने प्रतिबद्धता जनाएको छ । व्यवसायी र मजदुरका सवाललाई प्राथमिकता दिने यो समूहको प्रतिबद्धता रहेको छ । यता सागर पाण्डे समूहलाई नेपाली कांग्रेस निकट एक समूह र डा.बाबुराम भट्टराई निकट पर्यटन व्यवसायीको साथ र समर्थन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप