मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टानको अध्यक्षमा रिजाल विजयी

शुक्रबार, २९ असोज २०७२, ११ : ००
शुक्रबार, २९ असोज २०७२

काठमाडौँ– ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) को ३७औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद रिजालको नेतृत्वमा नयाँ कार्यसमिति गरेको छ ।

गएराति सम्पन्न मतगणनामा प्रगतिशील समूहका रिजालले ७९ मतको अग्रताका साथ प्रजातन्त्रवादी समूहका प्रतिस्पर्धी सागर पाण्डेलाई पराजित गरेका हुन् ।

रिजालको ४११ र मत पाण्डेको ३३२ प्राप्त भएको छ । पदाधिकारीसहित कुल १७ मध्ये १५ पदमा रिजाल समूह र दुई स्थानमा पाण्डे समूह विजयी भएको टानका सञ्चार संयोजक मछिन्द्र आचार्यले जानकारी दिए ।

सभाले वरिष्ठ उपाध्यक्षमा टासी लाक्पा शेर्पा, प्रथम उपाध्यक्षमा तेज गुरुङ, महासचिवमा कर्णबहादुर लामा, सचिवमा मुक्ति पाण्डे, कोषाध्यक्षमा लीलाबल्लभ दाहाल, सहकोषाध्यक्षमा कृष्णमान श्रेष्ठलाई निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष रिजालले टानलाई व्यावसायिक बनाउँदै सदस्यबीचको एकता र सहकार्य अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभाको बिहीबार नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका पथए ।

टानमा करिब १ हजार ट्रेकिङ एजेन्सिज कम्पनी सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप